• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयाताल गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न, समग्र आर्थिक प्रगति ६७.०१ प्रतिशत

  •  ज्ञानेन्द्र पोख्रेल
  • २०८२ असार ३२, बुधबार ०८:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बढैयाताल गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

    गाउँपालिकाको आयोजना मा तथा गोरेटो मिडिया प्रा.ली सहजीकरणमा सम्पन्न कार्यक्रममा सेवा प्रवाह, विकास निर्माणको गुणस्तर, सुशासन लगायतका विषयमा सर्वसाधारण सँग प्रत्यक्ष संवाद गरिएको थियो ।कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाबाट लिइएको सेवा प्रवाहको विषयमा उठेका जनगुनासो तथा समस्याहरूलाई प्रालीका प्रतिनिधी दिपककुमार शर्माले अभिमतको रूपमा प्रस्तुत गरेका थिए । स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, फोहर व्यवस्थापन, रोजगार सिर्जना, सामाजिक सुरक्षा, महिला, बालबालिका तथा युवा मैत्री कार्यक्रमसम्बन्धी गुनासो तथा सुझावहरू सेवाग्राहीहरूले राखेका थिए ।

    उक्त सार्वजनिक सुनुवाईमा वडा अध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्षसहितका पदाधिकारी हरूले जवाफ दिएका थिए । गाउँपालिका प्रमुख त्रिपाठीले उठेका सुझावहरूलाई कार्यान्व–यनको प्राथमिकतामा राखेर आवश्यक सुधार गरिने प्रतिबद्धता जनाए ।
    कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत नारायणराज त्रिपाठीले आर्थिक वर्ष २०८१÷८२ को वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत विवरणअनुसार चालुतर्फको कुल बजेट ४७ करोड ६५ लाख १४ हजार २ सय मध्ये ३७ करोड ९६ लाख ३ हजार ६ सय ८ रुपैयाँ खर्च भई वित्तीय प्रगति ७९.६६ प्रतिशत रहेको छ । पुँजीगततर्फ ४९ करोड ६२ लाख ९८ हजार ७ सय ८८ रुपैयाँ मध्ये २१ करोड ८७ लाख २० हजार ६ सय १४ रुपैयाँ खर्च भई प्रगति ५२.५४ प्रतिशत पुगेको छ । समग्रमा गाउँपा–लिकाको वित्तीय प्रगति ६७.०१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

    कार्यक्रम अगाडी आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट काम गरेका पाँच निर्माण व्यवसायी लाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

    Post Views: 271
    प्रकाशित मिति: २०८२ असार ३२, बुधबार ०८:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.