• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

धानखेतीमा मलको चरम अभाव सरोकारवालाको ध्यानाकर्षण हुनु आवश्यक

  •  माउण्टेन संवाददाता
  • २०८२ असार ३२, बुधबार ०८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया मुलुकमै सर्वाधिक धान उत्पादन गर्ने जिल्लामध्ये एक हो । यस जिल्लाको राजापुर क्षेत्रलाई सरकारले धानको विशेष क्षेत्रको रूपमा प्राथमिकतामा राखेको छ । राजापुर क्षेत्र बाहेक जिल्लाका सबैजसो ठाउँमा यहाँ उल्लेख्य मात्रामा धान खेती गरिन्छ । तराईको उर्बरा क्षेत्र बर्दिया जिल्ला धान उत्पादनमा अग्र पङ्क्तिको जिल्ला हो । असार महिना लागेसगै यस जिल्लामा धान खेतीमा किसानहरु जुटन थालेका छन् । सिचाइ सुबिधा उपलब्ध भएको राजापुर क्षेत्रमा त किसानहरुले रोपाइँको तयारी थालेका छन् ।


    रोपाइँको तयारी पूरा हुन लागिसके पनि खेतमा आवश्यक मल नपाउदा किसानहरु निराश एवम् चिन्तित छन् । जिल्लामा खेतीको समयमा सधैजसो मलको अभाव हुने गर्छ । किसानलाई आवश्यक बेलामा मलको अभाव हुने अवस्था नयाँ होइन । यो समस्या नेपालको लागि धेरै पुरानो र जानकारमा रहेको समस्या हो । जनताको आधारभूत समस्याको रूपमा रहेको मल उपलब्धता को समस्याका बारेमा राज्यका सबैजसो निकाय र जनप्रतिनिधिहरु समेत जानकार छन् । तथापि जनताको यो टड्कारो समस्याप्रति राज्यको अस्वाभाविक उदासिनता रहस्यमय र खेदजनक छ । यस विषयमा जनप्रतिनिधिहरुले समेत खबरदारी नगर्नु आपत्तिजनक विषय हो । धान खेतीको यो समयमा यथाशीघ्र जनतालाई मल उपलब्ध गराउन राज्यका निकायहरूले अविलम्ब प्रयास थाल्नु पर्छ । मल आपूर्तिलाई छरितो र दीर्घकालीन बनाउन सरकार लाई सचेत बनाउन खबरदारी आवश्यक छ ।

    Post Views: 188
    प्रकाशित मिति: २०८२ असार ३२, बुधबार ०८:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.