• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पत्रकार साथी राकेश बस्यालको स्मृतिमा शब्द श्रद्धा

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८२ असार ३२, बुधबार ०८:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नियतिको नीति सरल हुने रहेनछ, त्यो कहिलेकाही क्रूर र निर्मम हुदोरहेछ । मान्छे छ । लामो समय सहयात्रा र सङ्गतमा रहे को साथी सदाका लागि विदा हुँदा गहिरो पीडा बोध भइरहेको छ र उनीसग जोडिएका अनकौ स्मृतिहरु मानसपटलमा एकनास दौडिरहेका छन् र साथी राकेशको उज्यालो व्यक्तित्व हरदम आखा अगाडि आइरहन्छ ।


    २०५५ सालमा म गुलरियामा आउँदा राकेश बस्याल बर्दियामा पत्रकारिता क्षेत्रमा चर्चित थिए । गुलरिया आउनु अगाडि म अध्ययनको क्रममा नेपालगन्जमा थिए । नेपालगन्जमै पनि राकेश जीको चर्चा थियो । पत्रकारिता बाहेक राजनीतिमा पनि उनको उचाइ थियो । २०४६ सालको जन आन्दोलनमा उनको सक्रिय सहभागिता, उनको घरबाट जनआन्दोलनको क्रममा निकालिएको जुलुसको प्रसङ्ग सर्वत्र चर्चाको विषय बनेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिन सक्रिय एउटा बौद्धिक कलमकर्मीको रूपमा उनको व्यक्तित्व आकर्षक बनेको थियो । प्रजातान्त्रिक आन्दोलनका सक्रिय अभियन्ता एवम् बौद्धिक व्यक्तित्व श्री गणेशराज पोखरेल सँगको सहलेखनमा नयाँ मुलुकमा प्रजातान्त्रिक आन्दोलन नामक ऐतिहासिक कृतिको प्रकाशन गरेर उनले यस क्षेत्रमा एउटा लेखकको छवि समेत निर्माण गरिसकेका थिए ।
    गुलरिया आएपछि मेरो राकेश जीसग मित्रता सुरु भयो । २०५५/५६ तिर गुलरियामा वासु चौधरी सम्पादक र युवराज श्रेष्ठ प्रकाशक रहेको नयाँ मुलुक साप्ताहिक अखबार निस्कन्थ्यो । त्यस पत्रिकामा राकेश बस्यालको मुक्त कलम नामको स्तम्भ थियो । स्थानीय पत्रिका नयाँ मुलुक बर्दियामा असाध्यै लोकप्रिय थियो साथै मुक्त कलम स्तम्भ पनि पत्रिकाको बौद्धिक सम्पत्तिको रूपमा स्थापित थियो । त्यतिबेला हामीले बर्दियामा कृष्णसार साप्ताहिक प्रकाशित गरेका थियौं ।
    यसै बीच २०५९ सालतिर राकेश जी नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाको सभापति निर्वाचित भए । उनको कार्यकाल बर्दियाका पत्रकार हरुका लागि आशा र उत्साहको समय थियो । सरल स्वभाव र स्थापित व्यक्तित्व भएका कारण महासङ्घका कार्यक्रमहरु ओज पूर्ण र उपलब्धि मूलक हुने गर्दथे । राजनीति, प्रहरी प्रशासन, राष्ट्रिय निकुञ्ज लगायतका समाचारसग सरोकार राख्ने क्षेत्रहरुमा पत्रकारको सहज पहुँचका लागि उनले संयोजनकारी भूमिका निर्वाह गरेका थिए । उनको संयोजनमा धेरै कार्यक्रमहरुमा सहभागी भएको मिठो अनुभूति स्मृतिमा अहिले सम्म पनि जीवन्त छ । विशेष गरेर बर्दियाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि ,बर्दियामा आउने राष्ट्रिय राजनीतिमा पहुँच राख्ने व्यक्ति, सत्ताको महत्त्वपूर्ण पदमा पदासिन पदाधिकारीसग नेपाल पत्रकार महासङ्घको व्यानरमा एक आपस कार्यक्रमको आयोजना गर्ने सुन्दर परिपाटी उनले बसालेका थिए ।वास्तवमा उनको कार्यकाल मा नेपाल पत्रकार महासङ्घ समसामयिक विषययमा छलफल र चिन्तन गर्ने भरपर्दो चौतारीका रूपमा स्थापित थियो ।

    २०६२ सालमा उनी नेपाल पत्रकार महासङ्घको तत्कालीन मध्यपश्चिम का क्षेत्रबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्ष बने । केन्द्रीय नेतृत्वमा रहेर उनले अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, कानूनी शासनको पक्षमा सक्रियता पूर्वक आफ्नो पदीय जिम्मेवारी निर्वाह गरे । २०६२/६३ को आन्दोलन मा नेपाल पत्रकार महासङ्घको नेतृत्वदायी भूमिका थियो । निरङ्कुश सत्ताले प्रेसमाथि दमन गर्ने, पत्रकारहरुलाई फुटाउने, विभिन्न प्रलोभन दिएर राजावादी पत्रकारको जमात तयार गर्ने रणनीति अख्तियार गरेको थियो । राकेश जी लोकतन्त्रप्रतिको निष्ठा र नेपाल पत्रकार महासङ्घको आदर्श बाट कहिल्यै विचलित भएनन् । यो उनको व्यक्तित्वको उज्यालो विशेषता हो ।

    उनले राजधानी ,अन्नपूर्ण पोष्ट, रेडियो नेपालजस्ता लोकप्रिय र पहुँच भएका संचारमाध्यममा अनु–बन्धित भएर काम गरे । बर्दियाको स्थानीय पत्रिका चुरेकुन्जको सम्पादकको हैसियतमा उनी विगत १२ बर्षदेखि कृयाशील थिए । पत्रकारितामा विशेष गरी संरक्षण क्षेत्र उनको अभिरुचिको क्षेत्र थियो । उनले यस क्षेत्रमा लामो समयदेखि व्यक्तिगत र संस्थागत रूपमा सक्रियता देखाए का थिए । पत्रकारिताको साथसाथै सामाजिक क्षेत्रमा पनि उनको सक्रियता थियो बर्दियाको अगुवा सामाजिक संस्था राधाकृष्ण थारु जनसेवा केन्द्रमा उनी नेतृत्वदायी भूमिकामा थिए । जिल्लाको कृकेट संघमा उअनको सक्रियता थियो । उनी बर्दियाली साहित्य समाजका आजीवन सदस्य थिए । राजनैतिक रूपमा उनी नेपाली काङ्ग्रेसको कृयाशील सदस्य र क्षेत्रीय प्रतिनिधिको भूमिकामा थिए । २०२९ सालमा बर्दियाको गुलरिया मा जन्मेका राकेश बस्यालको यही २०८२ असार २९ गते राति मोटरसाइकल दुर्घटनामा परी जीवन लीला समाप्त भयो । उनका एक जीवन सङ्गिनी, एक छोरी र एक छोरा रहेका छन् । उनको दुःखद निधनले बर्दियाको पत्रकारिता लगायत विभिन्न क्षेत्रमा अपुरणीय क्षेति पुगेको छ।म यस पीडादायी क्षणमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछु ।

    Post Views: 326
    प्रकाशित मिति: २०८२ असार ३२, बुधबार ०८:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.