नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष एवम् पत्रकार कृष्ण प्रसाद बस्याल (राकेश) को मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।


मधुबन नगरपालिका वडा नं. ८ लालसिंङ चोक नजिक आईतबार साँझा भएको दुर्घनामा घाईते बस्याललाई उपचारको लागि बर्दिया जिल्ला अस्पताल बर्दियामा ल्याईएको थियो । जिल्लाबाट थप उपचारकोलागि शिक्षण अस्पताल नेपालगन्जमा पु¥याईएकोमा उपचारको क्रममा उनको रातमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डीएसपी चक्र डमरपालले जानकारी दिए ।
दुर्घटनामा परेर बस्यालको मृत्यु भएको थियो भने दुई जना घाईते भएको थिए । घाईतेहरुको बर्दिया जिल्ला अस्पतालमा उपचार भईरहेको डिएसपी डमरपालले बताए ।




