मधुवन नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत स्वीकृत योजना तथा कार्यक्रमहरूको लागि गरिएका सम्पूर्ण कार्यहरुको भुक्तानी प्रक्रिया सम्पन्न भएको जनाएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै मधुबन नगरपालिकाको पुँजिगत तर्फ ८२ दशमलब ११ प्रतिशत कार्य प्रगति भएको घोषणा गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको समष्टिगत प्रगति विवरण अनुसार चालु तर्फ कार्य प्रगति ८७ दशमलब ४६ प्रतिशत, पुँजीगत तर्फ कार्य प्रगति ८२ दशमलब ११ प्रतिशत र औसत कार्य प्रगति ८५ दशमलब ८४ प्रतिशत रहेको मधुबन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले जानकारी दिए ।




