• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

देशभरबाट सर्वोत्कृष्ट सहकारी संस्था बन्यो ताराताल साना किसान

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २५, बुधबार ०९:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देशभरबाट सर्वोत्कृष्ट सहकारी संस्था बर्दियाको ताराताल साना किसान कृषि सहकारी संस्था लि. बन्न सफल भएको छ ।
    साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसरमा बर्दियाको मधुवन नगरपालिकामा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था सर्वोत्कृष्ट संस्थाका रुपमा पुरस्कृत गरेको हो ।

    साना किसान विकास लघुवित्त वित्तीय संस्थामाको सञ्जालमा रहेका करिव १२ सय संस्थाहरु मध्येबाट सर्वोउत्कृष्ट संस्थाका रुपमा ताराताल साना किसान कृषि सहकारी संस्थालाई पुरस्कृत गरिएको हो ।

    सहकारी क्षेत्रमा समस्या आइरहेको समयमा तारातालले आफ्नो व्यवसाय विस्तार, सदस्यहरुलाई लाभान्स वितरण, आय आर्जनका कार्यक्रमहरु, साना तथा लघु उद्यम सञ्चालन लगायतका कार्यमा सदस्यहरुलाई सहयोग गर्दै आइरहेको छ ।

    पुरस्कृत भइसकेकपछि संक्षिप्त मन्तव्य राख्दै संस्थाका मुख्य प्रवन्धक डम्बर केसीले आफुहरुले सुशासन र पारदर्शीतालाई उच्च महत्वका साथ अगाढि बढाएकै कारण संस्था पुरस्कृत हुन सफल भएको बताउनुभयो ।

    यसैगरी उहाँले संस्था राम्रो हुन सदस्यहरुले संस्था मेरो हो भन्ने भावनाको विकास गराउनुपर्नेमा जोड दिनुभयो ।

    उहाँलले संस्थाका सेयर सदस्य, सञ्चालक, कर्मचारी र विभिन्न सहयोगी संघसंस्थाहरुको साथ सहयोग र प्रतिवद्धताले यो अवस्थासम्म आइपुगेको बताउनु भयो ।

    २०५४ सालमा २९ सय सेयरबाट सुरु भयको यस संस्थामा अहिले १ अर्ब १५ करोडको सम्पक्ति पुगेको छ । ९२ करोड लगानीमा रहेको संस्थाको ५२ करोड निक्षेप र ७ करोड सेयर रहेको छ ।

    तारातालका ३८ सय घरधुरी संस्थामा सेयर सदस्यका रुपमा आवद्ध हुनुहुन्छ । यसमा ८२ प्रतिशत महिलाको सहभागिता रहेको छ ।

    संस्थाले १६ प्रतिशत लाभान्स बरावरको ९१ लाख रुपैँया र संरक्षित पूँजी कोष अन्तर्गतको ५१ लाख वितरण गरेको छ ।
    संस्थाले कृषि उपज समर्थन मूल्यमा कृषि उत्पदन खरिदविक्रि कारोवार, विज वृद्धि कार्यक्रम, रासायनीक मल, पशुवीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
    संस्थाले सस्तो व्याजदरमा मासुजन्य कर्जा प्रवाह गरिरहेका र उत्पादन भएका पाडा, खसीबोका र बुंगुर नेपाल सहित चीन सम्म बजारीकरण गरिरहेको छ ।

    किसानहरुलाई उत्पादन र उत्पादकत्व बढाउन प्रोत्साहित गर्दै मूल्य श्रृखलामा जोड्न संस्थाले आफ्नै उद्योग स्थापना गर्ने तयारीका साथ जग्गा व्यवस्थापन गरिसकेको छ ।

    यसैगरी वार्षिकोत्सवका अवसरमा संस्थाले देशभरबाट उत्कृष्ट शाखा कार्यालयका रुपमा शाखा कार्यालय नेपालगञ्ज, लघुवित्त वित्तीय संस्थास्तरको उत्कृष्ट व्यावसायीक साझेदार संस्था, मतृभुमी लघुवित्त वित्तीय संस्था उत्कृष्ट साझेदार संस्थाका रुपमा र भगवती कालापानी साना किसान कृषि सहकारी संस्था लि. काभ्रेलाई पुरस्कृत गरिएको थियो । साथै संस्थाले संस्थका कार्यालय सहयोगी मध्येबाट ठाकुर श्रेष्ठ र सवारी चालकमध्येबाट गुण बहादुर गिदेललाई पुरस्कृत गरेको थियो ।

    Post Views: 750
    प्रकाशित मिति: २०८२ असार २५, बुधबार ०९:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.