रसुवाको भोटेकोशी नदिमा आएको बाढीमा बर्दियाका ५ जना बेपत्ता भएका छन् ।


छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण मंगलबार विहान आएको बाढीमा बर्दियाका ३६ बर्षिय जिपन चौधरी, ३५ बर्षिय सन्तोष दहित, २५ बर्षिय बुद्धि राम थारु, २४ बर्षिय लक्ष्मि नारायण थारु, र ३० बर्षिय सुरेश थारु रहको जिल्ला प्रशासन कार्यालय रसुवा जनाएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बर्दियाले सुचना सार्वजनिक गदैँ रसुवागढीमा बाढीबाट बर्दियाका ५ जना बेपत्ता भएको पुष्टी गरेको छ ।

बाढीले ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएको छ। बाढीले ल्हेन्दे खोलाको मितेरी पुल बगउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ ।
बाढी पूर्वानुमान महाशाखाले ’यस विभागको भोटेकोशीस्थित रसुवास्याप्रुबेंसी जलमापन केन्द्रमा आज बिहान ३ः३० बजे बाढी पुगेको देखिन्छ ।’ महाशाखाका अनुसार उक्त बाढी बिहान ५ बजेतिर बेत्रावती आइपुगेको थियो ।




