गुलरिया नगरपालिका अन्तर्गत थारु महिला उत्थान केन्द्र, गुलरिया बर्दियाको आयोजनामा पालिका स्तरीय वार्षिक कार्य समीक्षा तथा समन्वयात्मक कार्यशाला सम्पन्न भएको छ।


कार्यक्रम असार १९ गते थारु महिला उत्थान केन्द्रको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित उपमेयर सावित्रा गौतमले महिलाहरुको सक्रियता र संस्थागत कार्यक्रमहरुको प्रभावकारिता उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा नगरपालिकाबाट पनि थप सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता जनाइन्।
कार्यक्रम संयोजक तेजमणी पन्थले आर्थिक वर्ष २०८०/८१ मा संस्थाले बर्षभरी सम्पन्न गरेका प्रमुख गतिविधिहरु, चुनौतीहरु तथा आगामी योजनाहरूको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण चल्टु थारूले गरेका थिए।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले संस्थाले स्थानीय सरकारसँग सहकार्य गर्दै गरेका कार्यहरु प्रशंसनीय रहेको र आगामी दिनमा अझै मजबुत साझेदारी आवश्यक रहेको बताए।
महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरूले संस्थाको महिला सशक्तीकरण कार्यक्रमले जेष्ठ महिलादेखि किशोरीसम्मलाई लाभ पुर्याएको धारणा राखे।
त्यस्तै, वडा नं ५ का वडाध्यक्ष मुम बहादुर मल्लले आफ्नो वडामा संस्थाको सक्रियता देखिएको भन्दै आगामी दिनमा अझै मिलेर काम गर्ने आश्वासन दिए।
संस्थाका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारूले संस्था द्वारा सञ्चालित पालिकाहरुमा रहेका विविध कार्यक्रमहरु सबैको साथ र सहयोगले अझै ससक्त रुपले अघी बढाउने बताइन ।
कार्यक्रममा गुलरिया नगरपालिका शिक्षा शाखा प्रमुख शतिस यादव , स्वास्थ्य प्रमुख , नगरपालिका का अन्य प्रतिनिधी लगायत संचारकर्मीको उपस्तिथी रहेको थियो ।




