बर्दिया जिल्लालाई पुर्ण जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।


जिल्लाका आठ वटा पालिकाहरु क्रमशः घोषणा भए संगै बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरि जिल्लालाइ नै पुर्ण खोप सुनिश्चितता जिल्लाको रुपमा घोषणा ?गरिएको हो । पुर्ण खोप सुनिश्चितता परिमार्जित निर्देशिका २०७८ अनुसार बर्दिया जिल्लालाइ घोषणा गरिएको छ । यश सङ्गै बर्दिया जिल्ला लुम्बिनी प्रदेश भित्र ११ औं पुर्ण खोप जिल्ला भित्र परेको छ ।
घोषणा सभाकार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य शान्ती थारुले स्वास्थ्य बिनाको जिवन असम्भव रहेको बताउनु भयो । घोषणाले मात्रै नहुने बताउदै आउने दिनमा यसको पुर्ण कार्यन्वयन तथा दिगोपनाका लागि पहल गर्न अवश्यक रहेको बताउनु भयो । पुर्णखोप जिल्ला घोषणा गर्नमा सहयोग पुर्याउने ग्रामीण भेगमा स्थलगत रुपमा काम गर्ने महिला स्वास्थ स्वमसेबिका तथा स्वास्थकर्मचारीलाई धन्यवाद दिनु भयो ।
नेपालको संविधान २०७२ अनुसार स्वास्थलाई मौलिक हक भित्र राखेकोले सोही अनुसार काम भैरहेको भन्दै हिजो भन्दा आजको अवस्था निक्कै अगाडी बढेको दाबी गर्नु भयो । यसैगरी घोषणा सभा कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय भालुवाङ्ग दाङ्गका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरिले बर्दिया जिल्ला पुर्ण खोप जिल्ला घोषणा गर्न सफल भएकोमा बधाई दिनु भयो । सर्वप्रथम नवलपरासी घोषणा भएको जानकारी गराउदै केही दिन अर्घाखाँची जिल्ला घोषणा भए सङ्गै लुम्बिनी प्रदेशलाई पुर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला पुर्णखोप समन्वय समिती बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टले धेरै मेहनत गरेर जिल्लालाइ पुर्ण खोज सुनिश्चितता घोषणा गरिएको बताउनु भयो । स्वास्थ छेत्रीमा यसको पुर्ण कार्यन्वन गर्न बजेट बिनियोजन गरि नागरिकलाई सहयोग गर्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिसस उपप्रमुख अमिता कुमारी यादव, स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी, बढैयाताल गाउपालिका प्रमुख हिमालय त्रिपाठी, गुलरिया नगरउपप्रमुख साबित्रा गौतम, जिल्ला प्रहरी कार्यलय लगायत संघ सस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्तिथिती रहेको थियो ।
कार्यक्रमका अवसरमा जिल्लाका प्रतेक पालिका बाट ८ जना स्वस्थ्यकर्मी र ८ जना महिला स्वस्थ्य स्वयंसेविकाहरुलाइ सम्मान समेत गरिएको छ भने सेवानिबृत भएका १ जना स्वास्थ्यकर्मी २ जना कर्मचारीलाई सम्मान गरिएको छ ।




