• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गेरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, सेवाप्रवाहमा सुधारको प्रतिबद्धता

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १९, बिहीबार ११:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    गेरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइमार्फत पालिकाभित्रका शिक्षा, स्वास्थ्य, कृषि, भुमि, सहकारी, लघुउद्यम र पूर्वाधारजस्ता विषयगत शाखाहरुले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए।


    कार्यक्रमको सहजीकरण गेरुवा कर्णाली कम्युनिकेशन प्रा लि ले गरेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले स्वागत मन्तव्य दिएका थिए भने संचालक सन्तोष पौडेलले नागरिक अभिमत प्रस्तुत गर्दै स्थानीय सेवाग्राहीहरुको सन्तुष्टि, गुनासो र सुझावको विश्लेषण सार्वजनिक गरेका थिए।


    स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीका अनुसार, चालु वर्षको ११ महिनामा २० हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। महिला स्वास्थ्य स्वयंसेविकामार्फत २५ हजार ६ सय ८७ जनाले सेवा पाएका छन् भने ४ सय १७ बालबालिकाले पूर्ण खोप पाएका छन्। अन्य शाखा प्रमुखहरुले समेत क्रमशः प्रगति विवरण सार्वजनिक गरेका थिए।


    कार्यक्रममा सहभागी स्थानीयहरुले शिक्षा, सडक, कृषि, सार्वजनिक सेवा वितरणको पारदर्शिता र इन्धनको दुरुपयोगलगायत विषयमा चासो व्यक्त गरे। पालिकामा भएका सरकारी मोटरसाइकल निजि प्रयोजनमा प्रयोग भइरहेको, छोटो अवधिमा सुनुवाइ टुंग्याउने जस्ता व्यवहारप्रति आफ्नो धारण राखे ।

    गाउँपालिकाका अध्यक्ष जमान केसीले उठेका प्रश्नहरुको जवाफ दिँदै सुधारको प्रतिबद्धता जनाउनुभयो। उहाँले पालिकाका हरेक कार्यक्रमबारे जानकारी लिन र सुझाव दिन स्थानीयलाई आग्रह गरे।


    सुनुवाइ कार्यक्रममा उपाध्यक्ष लक्ष्मी चौधरी, विषयगत शाखा प्रमुख, कर्मचारी, स्थानीय जनप्रतिनिधि, बडघर, बासिन्दा तथा सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Post Views: 149
    प्रकाशित मिति: २०८२ असार १९, बिहीबार ११:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.