• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कर्णाली विकास बैँकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १९, बिहीबार ११:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगञ्ज/कर्णाली विकास बैँक को घोटाला प्रकरणमा प्रहरीले सो बैँकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको छ । उनि विसं २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैँकको अध्यक्ष थिए ।


    बैँकका पूर्व अध्यक्ष मिश्रलाई नेपालगन्जबाट बुधबार पक्राउ गरि एको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले पुष्टि गरे । उनले मिश्रलाई सिआइबीको टोलीले पक्राउ गरेको जनाउँदै सोही टोलीले अनुसन्धान गर्ने बताए ।
    मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि बैँकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैँकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।
    पक्राउ परेकाहरूलाई बाँकेमा नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सिआइबी बाट डिएसपी दानबहादुर थापाको कमान्डको एउटा टोली नेपालगन्ज आएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
    पक्राउ परेकाहरू विरुद्ध बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैँकको समन्वयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    कर्णाली विकास बैँकमा अहिलेसम्म दुई अर्ब ५० करोड रुपियाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैँक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैँकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनि बैँक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सिइओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए ।

     

     

     

     

     

    साभार/गोरखापत्र

    Post Views: 186
    प्रकाशित मिति: २०८२ असार १९, बिहीबार ११:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.