नेपाली कांग्रेसका सांसद हृदयराम थानीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिले कुलिङ पिरियडमा थाहा छैन भन्न नमिल्ने बताएका छन्।


बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थानीले समितिका सचिव र सभापतिले कुलिङ पिरियडमा थाहा छैन भन्न नमिल्ने बताएका हुन्।
उनले भने, ‘दुरा (सुरज दुरा, सचिव) जी तपाई यो समितिका सचिव हो, दफा हटाएको र राखेको विषय जानकारी छैन भन्न मिल्दैन । समितिको टाठोबाठो सभापति हो ? थाहा पाइन कसरी भन्नुभयो ?’
उनले सभापति रामहरि खतिवडालाई कोर टिम को-को छन् भन्दै प्रश्न समेत गरेका छन्। उनले भने,]सभापतिलाई इमानदार साथ भन्नुस्, कोर टिम को हो ? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ? कम्तीमा संसदीय समिति गठन हुनुपर्छ । सभापतिले मनपरी गर्नुभयो । हाम्रो चित्त दुखाउनुभयो।,’
साभार नागरिक




