जिल्ला प्रशासन कार्यालय, बर्दियाले विज्ञप्ति जारी गर्दै कर्णाली नदीमा निर्माण गरिएको सत्तिघाट पुल भासिएको भन्दै सामाजिक सञ्जालमा फैलाईएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।


मंगलबार प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रोशन कुमार कठायतले असार १५ गते केही व्यक्तिहरूले सत्तिघाट पुल भासिएको भन्दै टिकटक भिडियो बनाई फेसबुकमार्फत व्यापक प्रचार गरेका छन । तर ती तस्विरहरू अघिल्लो वर्षको भएको र हाल पुलमा कुनै समस्या नरहेको, भन्दै उक्त पुलमा आवतजावत भई रहेको बताएका छन् ।

भ्रामक खबर फैलाउने कार्य दण्डनीय हुने बताउदै यस्ता कार्य दोहोरिएमा कानुनी कारबाही अघि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी कठायतले चेतावनी दिएका छन् ।




