स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा गुलरिया नगरपालिका तह सँग बृहत बहस र पैरवी अन्तरक्रिया सम्पन्न भएको छ ।


मंगलबार गुलरियामा आयोजित स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले स्वास्थ्य व्यक्ति, स्वास्थ्य परिवार र स्वास्थ्य शहर बनाउन दैनिक क्रियाकलापमा सकारात्मकता ल्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा गुलरिया नगरपालिकाको नगरप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, सम्पूर्ण वडाअध्यक्षहरु, स्वास्थ्यकर्मी, महिला स्वयमसेविका लगाएको उपस्थिती रहेको थियो ।




