• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनीको एसईई नतिजामा सुधार

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १७, मंगलवार ०९:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परिक्षा(एसईई)को बार्षिक नतिजा सुधार भएको छ । परीक्षा मा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
    प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तिर्ण भएका छन् । जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जिपिए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जिपिए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जिपिए, १० हजार ४२ जनाले २.४ देखि २.८ जिपिए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जिपिए र २ जनाले १.६ देखि २ जिपिएसम्म ग्रेड ल्याएका छन् ।


    २०८० को एसईई परिक्षामा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४० हजार २२४ विद्यार्थी अनुत्तिर्ण भएका थिए ।
    लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा अवर्गीकृत भएका विद्यार्थीलाई आगामी प्रयासमा सफलताको शुभकामना व्यक्त गरेका छन ।
    उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले बधाई दिँदै शिक्षालाई प्रदेश सरकारको प्राथमिक एजेन्डामा राखिएको जानकारी दिएका छन् । साथै, परीक्षा व्यवस्थापनमा सक्रिय भूमिका निभाउने शिक्षक, अभिभावक, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश तथा जिल्ला परीक्षा समिति, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायत सबैलाई उनले आभार व्यक्त गरेका छन् ।
    शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापन मा प्रतिबद्ध रहेको भनाई उनको छ । ‘विद्यार्थीको सफलताले प्रदेशको भविष्य उज्ज्वल बनाउने छ’ मन्त्री तिमिल्सिना ले भने, ‘हामी अझ प्रभावकारी ढंगले शिक्षाको गुणस्तर सुधारमा लाग्नेछौं ।’

    Post Views: 203
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार ०९:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.