माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ को परिक्षामा ठाकुरबाबा नगरपालिका बर्दियाको प्रथम भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई, बर्दियाका इकाई प्रमुख सूर्य बहादुर खत्रीका अनुसार ठाकुरबाबा नगरपालिकामा ५ सया ७७ जना विद्यार्थीले परिक्षा दिएकोमा ४ सय ९६ जना विद्यार्थी उत्तीण भएको छन् । जुन ७२ दशमलब ०९ प्रतिशत हो ।
त्यस्तैगरि राजापुर नगरपालिकामा ५ सय ५५ जना मध्ये ३ सय ७२ जना उत्र्तीण जुन ६७ दशमलव ०२ प्रतिशत, गेरुवा गाँउपालिका ४ सय ५० जनामा २ सय ९९ जना उत्तीर्ण जुन ६६ दशमलव ४४ प्रतिशत रहेको छ ।
यसैगरि बाँसगढि नगरपालिकामा ९ सय ४० जनामा ५ सय ५४ जना, बारबर्दिया नगरपालिकामा ९ सय ५९ जनामा ५ सय १७ जना, बढैयाताल गाँउपालिकामा ६९२ जनामा २ सय ९१ जना, मधुबन नगरपालिकामा ६ सय ६७ जनमा ३ सय १४ जना, र गुलरिया नगरपालिकामा ६ सय ६४ जनमा ३ सय १० जना उत्र्तीण भएको इकाई प्रमुख खत्रीले जानकारी दिए ।




