• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पश्चिम नेपालका १२ जिल्लामा भारी वर्षाको उच्च जोखिम, सतर्क रहन विपद् प्राधिकरणको आग्रह

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १५, आईतवार ११:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्लाहरू आज (आइतबार) र भोलि (सोमबार) भारी वर्षाबाट उच्च जोखिममा रहेको जानकारी दिएको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालका केही क्षेत्रमा अति भारीसम्म वर्षा हुन सक्ने भनी विशेष बुलेटिन जारी गरेसँगै प्राधिकरणले यो चेतावनी दिएको हो।

    प्राधिकरणका प्रवक्ता सुरेन सुनारका अनुसार, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर; कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान; तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ मा भारी वर्षाको उच्च जोखिम रहेको छ। यीबाहेक, अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

    पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ र कैलालीका केही ठाउँमा भारी वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको पनि विभागले जनाएको छ।

    असार १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै, अन्य प्रदेशका पहाडी भागका एक-दुई स्थानमा पनि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ।

    निरन्तरको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सुरक्षाका उपायहरू अपनाउन आग्रह गरिएको छ।

     

     

     

     

     

     

    साभार/हाम्रो कुरा

    Post Views: 237
    प्रकाशित मिति: २०८२ असार १५, आईतवार ११:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.