• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यस वर्ष औसतभन्दा बढी वर्षा हुने, गण्डकी, लुम्बिनी र कर्णाली बढी प्रभावित हुने

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १३, शुक्रबार ०७:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ। यद्यपि, केही सञ्चारमाध्यममा आएका ‘३०/४० वर्षयताकै धेरै पानी पर्छ’ भन्ने दाबी सही नभएको विभागले स्पष्ट पारेको छ।

    बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराएका हुन्।

    उनका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। देशका अन्य भूभागमा औसतभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत सम्म छ।

    निर्देशक जोशीले नेपालमा वार्षिक औसत वर्षा १४९८.४ मिलिमिटर हुने भए पनि गत वर्ष १६९१.३ मिलिमिटर वर्षा भएको थियो, जुन औसतको ११३ प्रतिशत हो। यस वर्ष गत वर्षभन्दा पनि बढी वर्षा हुने सम्भावना रहेको उनले बताए।

    जोशीले जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा बदलिएको जानकारी दिए। पहिले दिनभर मसिनो पानी पर्ने भए पनि अहिले २/३ घण्टामै धेरै ठूलो पानी पर्ने र त्यसपछि २/४ दिन मनसुन ‘ब्रेक’ भएजस्तो हुने अवस्था रहेको उनले बताए।

    अन्ततः, विपद् नहोस् भन्नेमा सावधानी अपनाउनुपर्नेमा उनले जोड दिएका छन्। यस वर्षको बढी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै, सम्भावित विपद्बाट बच्न पूर्वतयारी र सतर्कता अपनाउनु आवश्यक देखिन्छ।

    Post Views: 211
    प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार ०७:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.