• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

  •  माउण्टेन संवाददाता
  • २०८२ असार ९, सोमबार ११:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठाकुरबाबा नगरपालिका १ डुम्रेनीमा अवस्थित श्री जनचाहना आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार, दलित,जनजाति, विपन्न वर्गका एवम् अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

    प्लान इन्टरनेसनल नेपाल सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (वि–ग्रुप) द्वारा संचालित बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत प्राप्त सहयोगबाट विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न वर्गका ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री स्वरुप झोला, कापी, कलम र ज्यामिति वक्स लगायतका शैक्षिक सामग्री वितरण गरिएको जनचाहना आधारभूत विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद नेपालले बताए ।


    शैक्षिक सामाग्रि वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानान्यापक नेपालले प्लान इन्टरनेसनल नेपाल र बि ग्रुपले संचालन गरेको वालविवाह न्यूनीकरण परियोजना अन्तर्गत विद्यालयमा वालसंरक्षण नीति निर्माण, आचार संहिता निर्माण, गुनासो सुनुवाई संयन्त्र निर्माण तथा कार्यान्वयन, महिनावारी कक्ष निर्माण, शौचालय, खानेपानी संरचना मर्मत सम्भार, विद्यार्थीहरुको व्यवहार परिवर्तन, शिक्षक तालिम लगायतका कार्यमा सहयोग गर्दै आएकोमा धन्यवाद ज्ञापन गरे ।

    शिक्षक अभिभावक संघका अध्यक्ष नगेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवानन्द जैसीले समेत वि ग्रुपले विद्यालयमा पु¥याउँदै आएको सहयोग प्रति धन्यवाद ज्ञापन गरे ।

    सोहि कार्यक्रममा श्री जनचाहना आधारभूत विद्यालय डुम्रेनीका शिक्षक धिरेन्द्र बहादुर शाहीकि दिवंगत धर्मपत्नी मोतिसरा शाहीको स्मृतीमा स्थापित मोतिसरा शाही स्मृती अक्षयकोषको तर्फबाट छोरी जेनिशा शाहीले विद्यालयमा अध्ययनरत ९ जना वालवालिकाहरुलाई झोला सहितको शैक्षिक सामग्री तथा नर्सरी र केजीमा अध्ययनरत सम्पूर्ण वालवालिकाहरुलाई कापी र सिसाकलम वितरण गरेकि छिन् ।

    सोहि कार्यक्रममा हाल वैदेशिक रोजगारीमा रहनु भएका श्री जनचाहना आधारभूत विद्यालय, डुम्रेनीका पूर्व विद्यार्थी नमराज न्यौपानेले उपलव्ध गराउनु भएको खेलकुद सामग्री उहाँकी आमा विद्यालय व्यवस्थापन समिति सदस्य कलुदेवी न्यौपानेले विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

    भेरी वातावरणीय विशिष्टता समूह (वि–ग्रुप) ले प्लान नेपालको सहयोगमा बर्दिया जिल्लाका ठाकुरबाबा, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा ४२ वटा सामुदायिक विद्यालयमा सञ्चालित बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत जेहेन्दार, विपन्न, दलित, अपाङ्गता भएका र जोखिममा रहेका १५८३ जना बालवालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराईएको वि ग्रुपका शिक्षा प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी गराईन ।

    Post Views: 322
    प्रकाशित मिति: २०८२ असार ९, सोमबार ११:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.