• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम

  •  
  • २०८२ असार ५, बिहीबार ११:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण विशेष कार्यक्रम संचालन गर्ने भएको छ । नेपालमा लुम्बिनी प्रदेश मातृ तथा बाल मृत्युदर बढी हुने प्रदेशमा पर्छ । त्यहीँ भएर बढ्दो मातृ तथा बाल मृत्युदर घटाउनकालागि विशेष कार्यक्रम चलाउन लागिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले बताए ।

    पोषण समस्या पनि मृत्युमध्येको एउटा कारण भएकाले अभियान चलाउन लागिएको उनले बताए । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर भएका ५ जिल्लामा पोषण विषेश कार्यक्रम गर्न लागिएको छ ।

    आगामी आर्थिक वर्षदेखि बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा पोषण विषेश कार्यक्रम गर्न लागिएको उनले बताए । त्यसकालागि मन्त्रालयले ८ करोड बजेटनै बिनियोजन गरिसकेको छ ।

    पोषण अवस्थामा सुधार एवम् बाल तथा मात्री मृत्युदर घटाउन बिहीवार नेपालगन्जमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया कार्याशाला गोष्ठीमा सहभागी वक्ताहरुले बालबालिकामा कुपोषणको प्रभाव रोक्न जनस्वास्थ्यका क्रियाकलापलाई बढाउनु पर्नेमा जोड दिए ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब दुर्गालक्ष्मी श्रेष्ठले पोषणमा सुधार ल्याउन प्रदेशले स्थानीय सरकारसंग समन्वय गर्ने गरेर अगाडि बढ्ने बताइन् । आवश्यकताका आधारमा मन्त्रालयले योजना र बजेटको परिचालन गर्ने पनि उनले बताइन् । कतिपय स्थानीय तहले आधारभूत स्वास्थ्य संस्था राम्रोसंग चलाएको पनि उनले जानकारी गराइन ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, पालिकाका सामाजिक विकास समितिका संयोजकहरु, स्वास्थ्य शाखाका प्रमुखहरु लगायतले पोषण सुधारमा भैरहेका प्रयासबारे जानकारी गराएका स्वास्थ्य कार्यालय बाँकेक निमित्त प्रमुख नरेश श्रेष्ठले बताए ।

    गोष्ठीमा लुम्बिनी प्रदेशका वरिष्ठ नर्सिङ प्रशासक प्रमुख इश्वरी केसीले विषयवस्तु र कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् भने कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बाँकेका जन स्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायले गरेका थिए ।

    Post Views: 238
    प्रकाशित मिति: २०८२ असार ५, बिहीबार ११:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.