• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको बैठक

  •  मुरलि गोडिया
  • २०८२ असार ५, बिहीबार १०:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिती बर्दियाको बैठक जिल्ला प्रशासन कार्यलय बर्दियामा असार ४ गते बुधबार बसेको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला समिती बर्दियाका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ । समितीले जिल्लामा हुने मानव बेचविखन तथा ओसार पसार नियन्त्रण एवम् वैदेशिक रोजगारीमा जानेहरुका लागि सचेतनामूलक सन्देश प्रसारणका लागि जिल्ला प्रशासन कार्यालयको गेट नजिक डिजिटल बोर्ड राख्नका लागि आवश्यक सहयोग तथा सहजीकरण गरिदिन र मानव वेचविखन विरुद्धको सचेतनामूलक बुकलेटका लागि बाँके युनेस्को क्लबलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै यस जिल्लाको सीमा नाका प्रयोग गरी मानव बेचविखन तथा ओसार पसार हुनसक्ने सम्भावना बढी रहेकाले यसको रोकथाम तथा नियन्त्रणमा लागि सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम एवम् हेल्पडेस्कबाट परामर्श सेवा समेत संचालन गर्न माइती नेपाल लगायत सीमा क्षेत्रमा हेल्प डेस्क राखि संचालनमा रहेका संघसंस्थाहरुले सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीसँग आवश्यक समन्वय गरी कार्य गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

    यस्तै स्थानीय तहमा समितिहरुलाई थप प्रभावकारी रुपका कार्यान्वयनमा ल्याउने र गठन हुन नसकेका ठाकुरबाबा र बारबर्दिया नगरपालिका एवम् गेरुवा गाउँपालिकामा यथाशीघ्र समिति गठन गर्न अनुरोध गर्ने, सन्देशहरु प्रचार प्रसार गर्न बर्दिया पत्रकार महासंघ लगायत संचारकर्मीहरुलाई अनुरोध गर्ने, यसका लागि यो क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले आवश्यक सहयोग तथा सहजीकरण गर्ने निर्णय पनि भएको छ । जिल्लास्थित सबै स्थानीय तह एवम् सीमावर्ती क्षेत्रमा गै.स.स. महासंघ र माइती नेपालको नेतृत्वमा मानव बेचविखन तथा ओसार पसार सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्ने र मानव बेचविखन तथा ओसार पसार सम्बन्धी कार्य गर्ने विभिन्न संघ संस्थाको समन्वयात्मक बैठक यथाशीघ्र राख्न माइती नेपालले आवश्यक समन्वय गर्ने निर्णय भएको जनाइएको छ ।

    बैठकमा जिल्ला सरकारी वकिल कार्यलयका जिल्ला न्यायधिवक्ता जय प्रसाद धिताल, नेपाल प्रहरीका प्रमुख केदार खनाल, माइती नेपालकी प्रमुख गायत्री रिमाल, साना हात नेपालकी रेविका आचार्य, दलित महिला उत्थान संघकी प्रमुख खिमा विक, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरे, जिल्ला प्रशासनका कार्यलयका प्रशासकिय अधिकृत विमल गुरुङ्गको सहभागीता रहेका थियो । बैठकमा प्रशासन कार्यलयका गंगा अधिकार, जिल्ला समन्वय समिती बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट, उपप्रमुख अमिता यादव, गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम, शसस्त्र प्रहरी प्रमुख मान बहादुर शाही, शान्ति पुर्नस्थापना गृहकी प्रमुख सपना शर्मा, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर विक समेतको उपस्थिती थियो ।

    Post Views: 286
    प्रकाशित मिति: २०८२ असार ५, बिहीबार १०:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.