बर्दियाको बढैयाताल गाउँपालिका–१ शान्तिपुर झुलुङ्गे पुल क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।


इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले असार २ गते बेलुका ४ः३० बजे सो ठाउँबाट बाँके खजुरा गाउँपालिका–१ बेलडाँडा निवासी २८ वर्षीय तुलप्रसाद थापा र ३१ वर्षीय प्रकाश थापा मगरलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।


उनीहरूको साथबाट प्लास्टिकको पोका बनाई राखिएको कुल २५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान गर्न जिल्ला अदालत बर्दियाबाट ५ दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको समेत प्रहरी नायब उपरीक्षक डमरपालले बताए ।




