गुलरिया नगरपालिकामा सञ्चालनमा आएको सुरक्षित आप्रवासन (सामी) ले वैदेशिक रोजगारीमा जाने कामदारहरु लाई सुरक्षित परामर्शको सुरुवात गरेको छ ।
आईतबार भएको एक कार्यक्रम गुलरिया नगरपालिका रोजगार शाखा र आप्रवासी स्रोत केन्द्रको सयुक्त आयोजनामा सञ्चालन भएको सञ्चारकर्मीहरु संग अन्तर क्रिया कार्यक्रमका गुलरिया नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले सुरक्षित वैदेशिक रोजगारलागी पालिका ले परामर्शको सुरुवात गरेको बताए । बैदेशिक रोजगार हामी नेपालीहरुको बाध्यता रहिआएकोले भोलीको दिनमा केहि समस्या नहोस भनेर बैदेशिक रोजगार जाने स्थानियहरुलाई सचेतनाको लागी सुरक्षित परामर्श सुरुवात गरेको समेत शाहले भने । गुलरिया नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ देखि लागु भएको सुरक्षित आप्रवासन कार्यक्रमले २०८१ साल पौष महिनाको २५ गते देखि परामर्श सञ्चालन गरेको छ ।
महिलाहरु वैदेशिक रोजगारी का लागि गैरकानुनी बाटोबाट विनाश्रम गरि जाँदा, उनिहरु लाई धेरै दुख र कष्ठ हुने हुँदा यस्ता किसिमको परामर्शले महिला हरु सजकहुने गुलरिया नगरापा लिकाको उपप्रमुख सावित्रा गौ–तमले बताईन् ।
सामी कार्यक्रमले वैदेशिक रोजगारीका लागि जाने आम नागरिकलाई सूचना तथा मरामर्श सेवा, कानूनी परामर्श तथा कानूनी सहजिकरण, सिप विकास तालिमको लागि सहजिकरण, मनोसामाजिक मरामर्श सेवा र वित्तिय सांक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आएको सामी कार्यक्रम अधिकृत भागी राम थारुले बताए ।
सामी कार्यक्रम अन्र्तगत बर्दिया जिल्लामा विभिन्न पालिकाहरुका पुरुष र महिलाहरुलाई परामर्श सेवा दिदै आएको छ । जिल्लाका पालिकाहरुमा सेवा लिनेमा बाँसगढी नगरपालिकामा ५०३ जना, मधुबन नगरपालिकामा ४ सय ७६ जना, बढैयाताल गाँउपा–लिकामा ४ सय ४८ जना, बारबर्दिया नगरपालिकामा ४ सय ११ जना, गुलरिया नगरपालिकामा ४ सय ४ जना, ठाकुरबाबा नगर–पालिकामा ३ सय १७ जना, राजापुर नगरपालिकामा २ सय ५० जना र गेरुवा गाँउपालिकामा १ सय ८८ जनाले आर्थिक वर्ष २०८१÷०८२को हालसम्म परा–मर्श सेवा दिएको जानकारी सामी कार्यक्रम अधिकृत थारुले बताए ।






