आर्थिक वर्ष २०८१/०८२ को सशक्त बालिका परियोजना अन्तर्गत सञ्चालन कार्यक्रमहरुको सामाजिक परिक्षण गुलरियामा सम्पन्न भएको छ ।

बर्दियाको गुलरियामा जेठ ३१ गते भएको कार्यक्रममा प्लान इन्टरनेसनल नेपालको सहयोग र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया समन्वयमा संचालित सशक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा सञ्चालन गरिएको छ ।
‘सशक्त बालिका परियोजना’ को सामाजिक परिक्षण एडभान्स ट्रेनिंग एण्ड कन्सल्टेन्सी सर्भिसले गरेको थियोे भने, सामाजिक परिक्षण कार्यक्रममा परियोजनाले समाजमा सकारात्मक परिवर्तनको अनुभुति देखिएको कन्सल्टेन्सी सर्भिसका संयोजक कृष्ण प्रसाद पाण्डेयले जानकारी दिए ।
परियोजना सुचारु भएपछि बर्दिया जिल्ला भित्रका बिद्यालय हरुको शिक्षाको शिकाइ उपलब्धिमा ६ प्रतिशत देखि १६ प्रतिशत सम्म तथ्याङ्क रहेको प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया द्वारा संचालित ‘सशक्त बालिका परियोजना’ का कार्यक्रम संयोजक मनोज पौडेलले बताए ।
‘अभिभावक शिक्षा’, ‘पढाई कुना’, विज्ञान सम्बन्धी सामाग्रि संकलन कक्ष, परामर्श सेवा लगाएतका कार्यक्रमहरु राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको समन्वयमा सशक्त बालिका परियोजना अन्तर्गत बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा सञ्चालन भइरहेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले भने सवै बालबालिका, किशोरकिशोरी तथा युवायुवती विशेष गरी बालिकाहरु र महिलाहरुको बाल विवाह, दुव्र्यवहार विरुद्धको अधिकार सुनिश्चित गर्ने उद्देश्य प्राप्ति परियोजनाको ध्यय रहेको उनले बताए ।
‘सशक्त बालिका परियोजना’ कार्यक्रमहरु बर्दिया जिल्लामा संघ संस्थाहरु बाँके युनेस्को क्लब, बी–ग्रुप लगायत पनि यस क्षेत्रमा कार्य गरिरहका छन ।
कार्यक्रममा प्लान इन्टरनेसनल नेपाल कार्यक्रम अधिकृत निर्मला महत, गैर सरकारी महासंघ बर्दि–याका अध्यक्ष प्रिज्मा सिंङ थारु लगा– यत स्थानीय संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।




