नेकपा एकीकृत समाजवादी बर्दियाको अध्यक्षमा बखत बहादुर खड्का चयन भएका छन्। पार्टीको ९औँ अधिवेशनले ४५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।


अधिवेशनले उपाध्यक्षमा बमबहादुर रावल र प्रतापकुमार गौतमलाई चयन गरेको छ। यस्तै सचिवमा इन्द्रबहादुर रावल र उपसचिवमा अग्नि अर्याल, दानबहादुर बुढा र गंगा चालिसे चयन भएका छन्।




