बर्दिया — बर्दियामा करेन्ट लाग्ने दुई अलग घटनामा दुई जनाको ज्यान गएको छ। बाँसगढी नगरपालिका–९ का ५७ वर्षीय राजेन्द्रजंग शाह र गुलरिया नगरपालिका–१२ का २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


प्रहरीका अनुसार आइतबार बिहान ७ बजेर १५ मिनेटतिर शाह आफ्नै खेतमा मोटरमार्फत धानको बीउमा सिँचाइ गर्दै गर्दा अचानक करेन्ट लागि गम्भीर घाइते अवस्थामा शाहलाई कोहलपुरस्थित मेडिकल कलेज अस्पताल लगिएको थियो । तर उपचारको क्रममा बिहान ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका कुरा बर्दिया प्रहरीले जानकारी दिए ।
त्यस्तै, बर्दिया प्रहरीका अनुसार शनिबार साँझ बढैयाताल गाउँपालिका–९ स्थित कान्तिपुरमा घर निर्माणको क्रममा थारु करेन्ट लागेर घाइते भएका थिए । रड सिधा गर्ने क्रममा उनीको हात बिजुलीको तारमा परेपछि करेन्ट लागि गम्भीर घाइते थारुलाई तत्काल बर्दिया अस्पताल पु¥याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।




