• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जलवायु परिवर्तनमा युवाको सहभागिता गराउँन ‘उत्थानशिलताको पक्षमा एकता’ अभियानको शुभारम्भ

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ २३, शुक्रबार १७:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्व जंगतमा बढ्दो जलवायु परिवर्तन असरबारे जानकारी गराउदैँ जलवायु परिवर्तनमा युवाको सहभागिता गराउन ‘उत्थानशिलताको पक्षमा एकता’ नामक अभियानको औपचारिक शुभारम्भ गरिएको छ ।


    ‘प्लास्टिक प्रदुषण न्यूनीकरण हाम्रो दायित्व’ भन्ने मुल नारा सहित विश्व वातावरण दिवस–२०२५ को अवसर पारेर बर्दियामा ‘उत्थानशिलता को पक्षमा एकता’ अभियानको शुभारम्भ गरिएको हो । जलवायु परिवर्तनमा महिला किशोरी एवम् युवाहरुलाई व्यवस्थापन गर्ने वातावरण बनाउने उद्देश्यका साथ बर्दियाका आठै वटा स्थानिय तहका युवाहरूको नेतृत्व र सहभागितामा सुरु गरिएको छ । ‘उत्थानशीलताको पक्षमा एकता’ अभियान प्लान ईन्टरनेशनलको सहयोग र बाँके यूनेस्को क्लबको सहजिकरणमा सुरुवात गरिएको छ ।


    कार्यक्रममा बोल्दै संस्थाकी उपाध्यक्ष दर्शना रिजालले जलवायु परिवर्तन विरुद्ध युवाहरूको सशक्त सहभागिता अपरिहार्य रहेको बताइन । “संस्था सुरुवाती चरणमा भए पनि हामी संगीत, चित्रकला तथा खुला गोष्ठीमार्फत जलवायु सम्बन्धी जनचेतना फैलाउँदै आएका छौं,” उनले भनिन् ।

    बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्द प्रसाद लामिछानेले अभियानले विशेषगरी किशोरीहरूको क्षमता अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, “सम्भावित जोखिम न्यूनीकरणमा यो अभियान प्रभावकारी हुनेछ ।”

    गेरुवा गाउँपालिका–५ की मोनिका थारुले आफूले कार्यक्रममा सहभागी भएपछि जलवायु परिवर्तनका असरबारे गहिरो जानकारी पाएको अनुभव सुनाइन्। उनले युवाहरू अब सक्रिय भएर काम गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

    कार्यक्रममा किशोरीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित कथा, कविता तथा चित्रकलामार्फत आफ्ना अनुभव र चिन्ताहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले युवाहरूको सक्रियता देख्दा आफू उत्साहित भएको बताइन् । उनले भनिन् “जलवायु संकटको सामना गर्न सबै तहबाट पहल हुनुपर्छ, र युवाहरूले यस्तो अभियानबाट नेतृत्व गर्न थालेको देख्दा गर्व लाग्छ ।” यस्तै, मधुवन नगरपालिकाकी उपप्रमुख अनीता कुमारी थारूले पनि आफ्नो पालिकामा आगामी दिनमा यस्ता विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन् ।

    कार्यक्रमको सहजीकरण युवा संस्थाकी प्रसन्शा गौचनले गरेकी थिइन् भने संयोजन सुरुचि शाहीले गरेकी थिइन् । बाँके युनेस्को क्लबको सहजीकरणमा सम्पन्न कार्यक्रममा बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएका जनप्रतिनिधिहरू, सामाजिक अगुवाहरू र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजक संस्थाले यो अभियानले जलवायु नेतृत्वमा युवाहरूलाई अघि ल्याउने, उनीहरूको क्षमता विकास गर्ने र दिगो भविष्य निर्माणतर्फ समाजलाई अघि बढाउने अपेक्षा राखेको बताएको छ ।

    Post Views: 299
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार १७:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.