गणतन्त्र दिवसको अवसर पारेर बर्दियामा पनि विभिन्न कार्यक्रमहरु गरि गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवसको अवसरमा बर्दिया जिल्लामा गठन गरिएको गणतन्त्र दिवस जिल्ला स्तरीय समिति बर्दिया द्वारा जेठ १५ गते बर्दिया अस्पतालको परिसरको सरसफाई कार्यक्रम, स्वास्थ्य कार्यालय बर्दियामा रक्तदान कार्यक्रम, बर्दिया अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।


साथै जेठ १६ गते गणतन्त्र दिवस जिल्ला स्तरीय समिति बर्दिया सहजिकरण र गुलरिया नगरपालिका समन्वयमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका बिजयी खेलाडी हरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । गणतन्त्र दिवस जिल्ला स्तरीय समिति र जिल्ला प्रशासन कार्यालय वर्दिया द्वारा सयुक्त आयोजनामा तथा बर्दिया अस्पताल गुलरिया र स्वास्थ्य कार्यालय बर्दियाको सहयोगमा जिल्ला प्रशासन कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा कार्यक्रम आयोजना गरिएको थियो ।

सधै झैँ नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत अन्य सेवा लिन आउने सेवाग्राहीहरूको संख्यालाई मध्यनजर गरी गणतन्त्र दिवसको अवसर करिब ३ सय बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा दिइएको बर्दिया प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् ।

उक्त कार्यक्रमले सेवाग्राहीहरूमा स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्नुका साथै सेवा प्रवाह गर्ने निकायहरू बीचको समन्वयलाई समेत मजबुत बनाएको जिल्ला समन्व समिति बर्दियाका उपप्रमुख अमिता यादवले बताइन । जिल्ला प्रशासनमा भएको स्वास्थ्य जाचमा रक्तचाप, सुगर, युरिन परीक्षण लगायतका चेकजाँच गरी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।

निशुल्क स्वास्थ्य परिक्षणको सेवा मधुवन नगरपालिका वडा नं १ कैलाशी निवासी ८१ वर्षीय दुलसिंह रोकायबाट सुरु गरिएको थियो ।

गणतन्त्र दिवस कै अवसर पारेर जिल्लाका सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ संस्थाका कार्या–लयर स्थानीयको घर घरमा दीप प्रज्ज्वलन समेत गरिएको थियो ।




