• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्थानीय द्वारा चितुवा समात्न वनदेवीको पूजा

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ १८, आईतवार १४:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितुवा आतङ्क बढे सँगै गुलरिया नगरपालिका–५ बालापुरका स्था–नीयले परम्परागत विश्वास अनुसार जेठ १७ गते शनिबार सामूहिक रूपमा बनदेवीलाई बलि चढाई पूजा गरेका छन् ।

    गुलरिया ५ बालापुर गाँउका स्थानीय अगुवा कालीप्रसाद थारूले भने, ‘चार दिनदेखि खोजी कार्य जारी छ, तर चितुवा समातिएको छैन । हामी बनदेवीको कृपाले गाउँ सुरक्षित हुने विश्वासका साथ पुजा गरेका हौँ।’ उनले भने । गएको जेठ १४ गते बिहान करिव ९ बजे नजिकैको सामुदायिक वनबाट आएको चितुवाले ७ वर्षीया बालिका साइरा थारू माथि आक्रमण गरी ज्यान लिएपछि गाउँमा त्रास र आक्रोश फैलिएको हो । यस घटना पछि घटना भएकै दिन बुधबार दिनभरि जसो स्थानीय वासीले जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेर चितुवा नियन्त्रणको माग गर्दै प्रशासनमा धर्ना समेत दिएका थिए ।

    चितुवाको आक्रमणपछि प्रशासनले जनशक्ति र उपकरण सहित नियन्त्रणको प्रयास थालेको भए पनि समाचार तयार पार्दासम्म चितुवा नियन्त्रणमा आउन सकेको छैन ।

    स्थानीय मूल बरघर थारूका अनुसार, ‘तीन महिनाको अवधिमा चितुवाको आक्रमणबाट चार वटा घटना भइसकेका छन्, जसमा दुई जनाको ज्यान गइसकेको छ । अरू केही व्यक्ति घाइते भएका छन् ।’ उनले बताए ।

    चितुवाको आक्रमणबाट साइराको निधन पछि बालापुर गाउँमा गहिरो डर र सन्नाटा छाएको छ । बालबालिकालाई घर बाहिर जान दिइएको छैन भने मानिसहरू दैनिक कामकाजका लागि समेत निस्कन डराइरहेका छन् ।

    गुलरिया ५ को बालापुरमा चितुवाको आक्रमणबाट बालिका मृत्युको खबर संगै निरन्तर डिभि–जन वन कार्यालय बर्दियाले सो क्षेत्रको २४ औं घण्टा आक्रमण गर्ने चितुवाको खोजिका लागि लागिपरेको डिभिजन वन कार्यालय बर्दियाले बताएको छ ।

    “घटना लगत्तै चितुवाको खोजीका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट दुईवटा हात्ती र प्राविधिक टोली परिचालन गरिएको तर हालसम्म चितुवा फेला नपरेको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी बरिष्ठ वन अधिकृत रामकुमार चौधरीले जानकारी दिए । चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय बर्दियाको ३० जनाको टोलि, राष्ट्रिय प्रकृति संरक्षक कोष NTNC को २ जना डाक्टरहरु सहित करिव १ दर्जन जना सुरक्षाकर्मीहरुको टोलिले दिन रात चितुवाको खोजिका लागि लागिपर्दा पनि चितुवा नभेटिएको समेत बरिष्ठ वन अधिकृत चौधरीले बताए । चितुवाको स्थान पत्ता लगाउनका लागि विभिन्न ९ वटा स्थानमा क्यामरा जडान समेत गरिएको र चितुवालाई पक्रनका लागि ५ वटा स्थानमा केज समेत राखि २४ घण्टा निगरानी गर्दा समेत चितुवाको अवस्था पत्ता नलागेको चौधरीले भने । वनमा एकदमै झाडिहरुको बाक्लो अवस्थामा भएकोले पनि चितुवालाई खोज्न असहज रहेको समेत उनले भने ।

    खोजी गरिरहेको भएपनि चितुवा नियन्त्रणमा आउन नसक्दा स्थानीय हरु त्रसिद रहेका छन । चाँडै चितुवा नियन्त्रणमा लिन प्रशासन सँग स्थानीहरु जोडदार माग गरिरहेका छन् ।

    Post Views: 227
    प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १४:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.