• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अभिमुखीकरण मार्फत आदिवासी जनजाति महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको जानकारी

  •  संजय आचार्य
  • २०८२ जेष्ठ १७, शनिबार १२:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरियाको थारू महिला उत्थान केन्द्रमा सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा “लैङ्गिक समन्यायिक आत्मनिर्भर समाजको श्रृजना, महिला अधिकारको सम्मानः आत्मनिर्भरता हाम्रो अभियान” भन्ने नारासहित १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।


    कार्यक्रमको आयोजना थारू महिला उत्थान केन्द्रले गरेको हो भने नागरिक आवाजले सहयोग गरेको थियो। कार्यक्रमको अध्यक्षता राजकुमारी थारूले गर्नुभएको थियो। अध्यक्ष थारुले अभिमुखीकरण कार्यक्रममार्फत आदिवासी जनजाति महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले दिएको राजनितिक , सास्कृतिक तथा आर्थिक आधिकारमा आम महिलाहरुको पहुंच बढाउन जानकारी प्रदान गरिएको बताइन ।

    कार्यक्रममा थारू महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारूले विगत लामो समयदेखि संस्थाले आदिवासी जनजाति तथा महिलाहरूको हक–अधिकारका लागि काम गर्दै आएको जानकारी दिइन । कार्यक्रममा आफ्नो धारणा राख्दै उनले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन ।


    कार्यक्रमका प्रमुख प्रशिक्षक अधिवक्ता काशीराम थारूले “आदिवासी महिलाको अधिकार र कानुनी उपचार” विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ४० जना सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आफूले पहिला नजानेका अधिकारहरूबारे जानकारी पाएको अनुभव सुनाएका थिए।
    मधुवन नगरपालिका–१ की रेखा थारूले कार्यक्रमबाट कानुन र अधिकारबारे धेरै कुरा सिक्न पाएको बताइन्। “पहिला कानुन भनेको के हो भन्ने बुझ्दिनथेँ, अब चाहिँ थोरै भए पनि बुझ्न थालेँ,” उनले भनिन्।

    त्यस्तै, बार्दिया नगरपालिका–३ बेलुवा बज्जाकी सुस्मा कुमारी थारूले यस्तो कार्यक्रम पहिलोपटक सहभागी भएको बताउँदै आफूलाई धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताइन्। “महिलाको अधिकार धेरै रै’छ, थाहा पाउँदा आश्चर्य लाग्यो,” उनले भनिन्।

    यस अभिमुखिकरण कार्यक्रमले स्थानीय तहमा महिला तथा आदिवासी समुदायका प्रतिनिधिहरूमा अधिकार, कानुनी पहुँच र आत्मनिर्भरताबारे जागरुकता फैलाउन महत्वपूर्ण योगदान दिएको सहभागीहरूको भनाइ थियो।

    Post Views: 224
    प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १२:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.