बर्दियाको बाँसगढी नगर–पालिका–१, चेपाङस्थित रत्नराज मार्गमा लागूऔषध ओसारपसार गर्दै गरेका दुई जना युवालाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ ।




शुद्ध तौल गर्दा ३.२६ ग्राम ब्राउ–नसुगर सहित नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज ८९८ नम्बरको ईको भ्यान जाँच गर्दा लागुऔषध फेला परेको कुरा जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक डमरपालका अनुसार प्रहरी चौकी चेपाङबाट खटिएको टोलीले जेठ १३ गते बेलुका ७ः२० बजे जुम्लाको तातोपानी गाउँ–पालिका–२ डाँगीबाडाका वर्ष २८ लोकेन्द्र खत्री र जुम्ला कनका सुन्दरीगाउँपालिका–४, धोबीघाटका २४ वर्षीय नरेश बीसी लाई शंका लागि चेकजाँच गर्दा साथबाट प्लास्टिकमा धागोले बेरिएको अवस्थामा कालो रंगको दुई पुडिया ब्राउनसुगर लागूऔषध फेला परेको बताए ।
दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत बर्दियाबाट ५ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय मोतिपुरमा राखिएको प्रहरी नायब उपरीक्षक र डमरपालले जानकारी दिए ।




