• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा सडक दुर्घटनामा निरन्तर वृद्धि, एक वर्षमै २७ जनाको मृत्यु

  •  संजय आचार्य
  • २०८२ जेष्ठ १४, बुधबार १२:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, जेठ १३ — बर्दिया जिल्लामा पछिल्लो वर्ष सडक दुर्घटनाको दरमा उल्लेख्य वृद्धि भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको तथ्याङ्क अनुसार २०८१ साल साउनदेखि २०८२ साल वैशाखसम्मको अवधिमा सडक दुर्घटनाका कारण २७ जनाले ज्यान गुमाएका छन् भने ५५३ जना घाइते भएका छन्। यस अवधिमा जम्मा ३६७ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सुधिर खडकाका अनुसार सडक दुर्घटनाको संख्या देखिने गरी वृद्धि भए पनि त्यो पूर्ण रूपमा नकारात्मक मान्न नमिल्ने बताउँछन्। “विगतमा मुख्य रूपमा मानवीय क्षति भएका दुर्घटनाहरू मात्र रेकर्ड गरिन्थ्यो। तर अहिले साना दुर्घटनादेखि ठूला सबैको विवरण संकलन गरिन्छ, जसका कारण संख्यात्मक रूपमा दुर्घटना धेरै देखिएको हो,” खडकाले बताए।


    २०७९/८० मा जिल्लामा ७५ वटा दुर्घटनामा ३३ जनाले ज्यान गुमाएका थिए। त्यसपछि २०८०/८१ मा ८० वटा दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो। यद्यपि पछिल्लो वर्ष दुर्घटनाको संख्या ३६७ पुगेको छ, जसमा मृतक संख्या २७ जनासम्म पुगेको छ।

    प्रहरी हवल्दार कृष्ण डागीका अनुसार दुर्घटनाको प्रमुख कारण स्थानीय शाखा सडकहरु पिच भए संगै प्रयाप्त ट्राफिक संकेत नहुनु ,असुरक्षित तरीकाले तीव्र गति मा सवारी साधन चलाउनु रहेको बताए साथै डागिले ग्रामिण भेगमा मादक पदार्थ सेवन गरेर सवारी चलाउदा बढी दुर्घटना हुने गरेको समेत बताए । उनले विशेष गरी पूर्व–पश्चिम राजमार्गमा बेलुकापख बढी दुर्घटना हुने गरेको बताए।


    स्थानीय बासिन्दा बब्लु अहमद दर्जीले पनि सडकमा सुरक्षा संकेतहरूको कमी, फुटपाथको अभाव, तथा ग्रामीण क्षेत्रमा जनचेतनाको कमीले दुर्घटनामा वृद्धि भएको धारणा राखे। उनले भने, “धेरैले ट्राफिक नियम नबुझिकन वा बेवास्ता गरेर सवारी चलाउँछन्, जसले गर्दा दुर्घटना बढ्दो छ।”

    दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले विविध पहलहरू थालेको जनाएको छ। कार्यालय प्रमुख खडकाका अनुसार विद्यालय, वडा कार्यालय, शहरी तथा ग्रामीण क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रम, सडक सुरक्षा तालिम, तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भइरहेका छन्।
    खडकाले भने, “हामी सवारी चालक, विद्यार्थी र सर्वसाधारणलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम गर्दै आएकाछौं। यसका साथै ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कडाइका साथ निगरानी पनि बढाइएको छ।”


    जिल्लाको सडक सुरक्षाका लागि अझ प्रभावकारी पहल आवश्यक देखिएको छ। ट्राफिक व्यवस्थापन, र आम सर्वसाधारणमा सवारी सम्बन्धी चेतना फैलाउनु अती आवश्यक देखिएको छ। ट्राफिक प्रहरी संग स्थानीय निकाय का साथै सम्बन्धित सरोकारवाला हरु को समनवयमा स चेतनाका कार्यक्रम गरेमा आउने दिन हरुमा सडक दुर्घटनाको दर घट्ने अपेक्षा गर्न सकिन्छ ।

    Post Views: 338
    प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार १२:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.