• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

केश र भुपेन्द्र पनि बचेनन् : बर्दिया प्रहरीबाट

  •  अजय चापागाई
  • २०८२ जेष्ठ १३, मंगलवार १९:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया / कानुनी राज्यको अनुभूति दिलाउँदै जिल्ला प्रहरी कार्यालय बर्दियाले फरार रहेका दुई कैदीलाई पक्राउ गरी जिल्ला अदालत बर्दियामा बुझाएको छ ।

    प्रहरीका अनुसार २० दिन कैद सजाय भएका केश बहादुर शाही र १० दिन कैद सजाय भएका भुपेन्द्र क्षेत्री लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

    बर्दिया जिल्ला अदालतले २०८१ साल मंसिरमा शाहीलाई २० दिन कैद तथा ३ हजार रुपैयाँ जरिवाना र २०८१ साल वैशाखमा क्षेत्रीलाई १० दिन कैद तथा २ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले गुलरिया–६, सन्तोषी टोलबाट २७ वर्षीय केश बहादुर शाहीलाई पक्राउ गरेको हो। त्यस्तै, इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले मधुवन–८ बाट २२ वर्षीय भुपेन्द्र क्षेत्रीलाई पक्राउ गरेको हो ।

    उनीहरू दुवैजना घरमै लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रमा लिई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बर्दियामा बुझाएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले एक प्रेस विज्ञप्तिमार्फत दिएका छन् ।

    Post Views: 538
    प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १९:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.