• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महालक्ष्मीको प्रिय दिनमा राशिफल

  •  
  • २०८२ जेष्ठ ९, शुक्रबार ०९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आजको पञ्चाङ्ग

    मिति २०८२ ज्येष्ठ ९ गते शुक्रबार, इस्वीसंवत मे २३ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको एकादशी तिथि रातिमा ८ः५१ बजेसम्म त्यसपश्चात् द्धादशी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाभाद्रपदा दिनमा १२ः३६ बजेसम्म त्यसपछि रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा प्रीति २६ घटि २१ पलासम्म त्यसपछि आयुष्मान योग रहनेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ ।

    सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३४ घटि ०० पला अर्थात १३ घण्टा ३९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१३ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा २ः०५ बजे र अस्ताउने समय भोलि दिनमा २ः४३ बजे रहेको छ । अपरा एकादशी व्रत गर्ने दिन तथा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती रहेको छ ।

    आजको राशिफल

    मेषः आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ, सतर्क रहनु आवश्यक छ ।

    वृषः आज आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ-नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूलसम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ ।

    मिथुनः आज स्वास्थ्य राम्रो रहने छैन । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ ।

    कर्कटः आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला ।

    सिंहः आज मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा-छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।

    कन्याः आज उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् ।

    तुलाः आज आम्दानी बढ्ने, व्यापार-व्यवसायमा लाभ, प्रेमप्रसंग सुमधुर तथा पति-पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ ।

    वृश्चिकः आज स्वास्थ्यमा समस्या आउनेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबढी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको पात्रा नगर्नुहोला । आँखा वा शरीरको कुनैैै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ ।

    धनुः आज आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

    मकरः आज स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ ।

    कुम्भः आज जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।

    मीनः आज परिश्रम अनुसार राम्रै फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । व्यवसायमा मनग्गे लाभ हुनेछ । तर, धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ । प्रयत्न गर्दा यात्रा गर्ने साइत जुर्न सक्छ । साथीभाइ र शुभचिन्तक भेटिनेछन् ।

    साहित (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

    शुभ लाभादि बेला (दिवा)

    बिहान ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म चर बेला
    बिहान ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म लाभ बेला
    बिहान ८ः३६ बजेदेखि १०ः१८ बजेसम्म अमृत बेला
    बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म काल बेला
    दिनमा १२ः०० बजेदेखि १ः४२ बजेसम्म शुभ बेला
    दिनमा १ः४२ बजेदेखि ३ः२४ बजेसम्म रोग बेला
    दिनमा ३ः२४ बजेदेखि ५ः०६ बजेसम्म उद्धेग बेला
    दिनमा ५ः०६ बजेदेखि ६ः४८ बजेसम्म चर बेला

    शुभ लाभादि बेला (रात्रि)

    साँझ ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म लाभ बेला
    साँझ ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म अमृत बेला
    राति ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म काल बेला
    राति १०ः४२ बजेदेखि १२ः०० बजेसम्म शुभ बेला
    राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म रोग बेला
    राति १ः१८ बजेदेखि २ः३६ बजेसम्म उद्धेग बेला
    रातिमा २ः३६ बजेदेखि ३ः५४ बजेसम्म चर बेला
    रातिमा ३ः५४ बजेदेखि ०५ः१२ बजेसम्म लाभ बेला

    यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

     

     

     

     

     

    साभार /हाम्रो कुरा

    Post Views: 212
    प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार ०९:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.