आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।


नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो । यो सँगै नेपाल एसिया छनोटको उपविजेतामै सीमित रहेको छ भने थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल भएको छ ।
थाइल्याण्डले दिएको १५९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनायो। नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरी २० रनमा नटआउट रहिन् । रुबिना क्षेत्रीले १२ रन बनाइन् ।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन् । उनले १९औं ओभरमा रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई आउट गरेकी थिइन्। त्यस्तै थिपाथ्चा पुथावोङले ३ विकेट लिइन्। सुलिपर्न लाओमीले १ विकेट लिइन् ।
साभार/नागरिक




