पाकिस्तानले बिहीबार राति तीन–चार सय ड्रोन आक्रमण गरेको र तीमध्ये धेरै आफ्नो तर्फबाट खसालिएको भारतीय पक्षले जनाएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर रणधीर जयसवालले आतङ्कवादविरुद्धको अपरेसन सिन्धुरबारे विशेष ब्रिफिङ गर्दै यसको जानकारी दिएका हुन् ।

ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको पनि प्रवक्ता जयवालले जानकारी दिएका छन् ।
‘प्रारम्भिक रिपोर्टहरूले ती टर्किएको असीसगार्ड सागर ड्रोन भएको देखाएको छ । पछि राति पाकिस्तानको एक सशस्त्र यूएभीले बठिंडा सैन्य स्टेसनलाई निशाना बनाउने प्रयास गर्यो । जुन पत्ता लगाइयो र निष्क्रिय पारियो,’ वक्तव्यमा उल्लेख छ छ ।
भारतको विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले बिहीबार राति देशका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिएकी थिइन् ।
‘पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो,’ कर्णेल कुरेशीले भनिन् ।
यद्यपि, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आक्रमण गरेको भारतीय दाबी अस्वीकार गरेका छन् ।




साभार /नेपाल भिउज




