भारत र पाकिस्तानबीचको तनावका कारण भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) रोकिएको छ ।

भारतीय नियन्त्रण क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल हालका लागि स्थगित भएको जनाएको हो । बीसीसीआईले नयाँ मिति भने सार्वजनिक गरेको छैन ।
आईपीएलमा १२ लिग खेल खेल्न बाँकी छ । फाइनल २५ मे मा हुने कार्यक्रम तय भएको थियो ।

समाचार एजेन्सी पीटीआईले बीसीसीआई सूत्रको प्रयोग गर्दै देशमा युद्ध चलिरहेका बेलमा क्रिकेट खेल्नु राम्रो नभएकाले खेल रोकेको बताएको छ ।
गएराति नै किंग्स इलाभेन पञ्जाब र दिल्ली क्यापिटल्सबीचको खेल चरिहँदा राति फ्लडलाइट बन्द गरेर दर्शकलाई घर जान भनिएको थियो । सहरमा ब्ल्याकआउट गरिएको थियो ।

यसअघि पाकिस्तानले पाकिस्तान सुपर लिग (पीएसएल) रोकेर यूएईमा गर्ने निर्णय गरेको थियो ।
साभार /हाम्रो कुरा




