बर्दिया, बैशाख २६ गते / गुलरिया नगरपालिका वडा नं ४ मा अवस्थित लक्ष्मीनारायण मन्दिरको स्थापना दिवस विशेष धार्मिक समारोहका साथ भव्य रूपमा मनाइदै छ ,
लक्ष्मनारमण मन्दिर तोताद्रिमठ को ३७ औ स्थापना कालको शुभ अवसरमा विभिन्न धार्मिक अनुष्ठान गरी भव्य रुपमा मनाइएको हो । लक्ष्मीनारमण भगवानको ३७ औँ ब्रह्मोत्सव वैशाख २४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


स्थानीय बासिन्दा, भक्तजन तथा धार्मिक संघ–संस्थाहरूको सक्रिय सहभागितामा सम्पन्न भै रहेको कार्यक्रममा वैदिक विधिपूर्वक पूजाआजा, भजन–कीर्तन तथा प्रवचन कार्यक्रमहरू सञ्चालन भै रहेको लक्ष्मनारमण मन्दिर का मठाधिस स्वामी श्री नारायण प्रपनाचार्य ले बताउनु भएको छ।
समारोहमा सहभागिहरूले मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे चर्चा गर्दै यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह र समुदायको भूमिकाको महत्वपूर्ण रहेको बताएका छन ।कार्यक्रममा विभिन्न स्थान बाट धर्मिक गुरुहरु लगायत भक्तजन हरु को आउने क्रम जारी छ।

लक्षमीनारायण मन्दिर तोताद्रिमठ मा हाल ७ जना बृद्ध बृद्याले शरण पाएको व्यवस्थापन समितीले जनाएको छ। धर्मिक गुरुहरूको उपस्थिति मा भै रहेको ब्रह्महोत्सवमा मन्दिरको स्थापना भएको दशकौं पूरा भएको स्मरण गर्दै यसको महत्व अझ व्यापक रूपमा फैलाउन मन्दिरमा नियमित धार्मिक गतिविधि, सरसफाइ तथा भवन निर्माण कार्यलाई प्राथमिकता दिइने समेत जनाइएको छ।




