बर्दिया, बैशाख २४ गते / गुलरिया नगरपालिका बाड नं १ स्थित गुलरिया राजापुर सडक खण्ड अन्तर्गतको १२ नं गाउँ नजिक बैशाख २० गते शनिबार राति ८ बजे भएको मोटरसाइकल दुर्घटनामा दुर्घटना गराएको आसङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

उक्त दुर्घटनामा गुलरिया नगरपालिका बाड नं १ का ४० बर्षिय रंगिलाल थारु को मृत्यु भएको थियोे ।
मोटरसाइकल दुर्घटनामा गरेको आशंकामा दुर्घटना पछि सम्पर्कमा नआएका गुलरिया नगरपालिका बाड नं ४ का ३० बर्षिय सञ्जय यादवलाई बर्दिया प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले बताए ।
मोटरसाइकल दुर्घटना गराएर सम्पर्कमा नरहेका यादवलाई पक्राउ गरिएको र यादवको साथबाट दुर्घटना हुदा चलाएको भे ४ प ८२६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको नायव उपरीक्षक डमरपालले जानकारी दिए ।
मोटरसाइकल दुर्घटना पछि मृत्यु भयपछि मृतकका परिवारले बैशाख २१ गते आइतबार दिनभर जसो दुर्घटना भएको स्थानमा चक्काजाम गरेका थिए ।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।




