• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २४, बुधबार ०८:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हामीमध्ये कतिपय घन्टा–घन्टामा केही न केही खाइरहेका हुन्छौँ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो पेटमा कति खाना अटाउँछ ? धेरैले आवश्यकताभन्दा बढी खाना पनि खाइरहेका हुन्छन् ।

    तर यसो गर्दा समस्या आउन सक्छ । पेट ढुस्स हुने, फुल्ने वा अप्ठ्यारो भएको महसुस हुन्छ । यसो हुनुको एउटा प्रमुख कारण आवश्यकताभन्दा बढी खानु हो । हाम्रो पेट कत्रो हुन्छ ? हामीले कति खाने ? हाम्रो पेटको आकार कत्रो हुन्छ त ? यहाँ चर्चा गर्नेछौँ :

    वयस्कको पेटको आकार
    सामान्यतया एक वयस्क व्यक्तिको पेट क्षमता लगभग ३०० देखि ३५० मिलिलिटर (मिलि)को हुन्छ । यसको अर्थ, जब हामी खाना खान्छौँ, लगभग त्यति मात्रामा मात्र खाना पेटमा आरामसँग फिट हुन्छ । बच्चाहरूको पेट क्षमता वयस्कहरूको भन्दा कम हुन्छ । अर्थात् बच्चाहरूको पेटको आकार लगभग १५० देखि २०० मिलिलिटरको बिचको हुन्छ ।

    छिट्टै पेट भरिएको संकेत
    पेटको एउटा भागलाई फन्डस भनिन्छ । जब हामी खाना खान्छौं, यो भाग अलि खुकुलो हुन्छ, ताकि खाना भित्र जान सकोस् । तर यदि यो भागले राम्रोसँग काम गरेको छैन भने पेट चाँडै भरिन थाल्छ र व्यक्तिले थोरै मात्र खाएको भए पनि चाँडै पेट भरिएको महसुस गर्न थाल्छ ।

    प्रत्येक व्यक्तिले कति खाना खानुपर्छ भन्ने कुरा उसलाई चाहिने ऊर्जा, शरीरको संरचना, उमेर र दैनिक गतिविधिले निर्भर गर्छ । जस्तैः खेलाडी वा कडा परिश्रम गर्ने व्यक्तिलाई बढी ऊर्जा चाहिने भएकोले उनीहरूले धेरै खाना खान सक्छन् । तर कार्यालयमा कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई कम क्यालोरी चाहिन्छ, त्यसैले उसको शरीरको माग पनि कम हुन सक्छ ।

    त्यसो भए कति खाने ?
    हामीले भोक लागेको भन्दा अलि कम खानुपर्छ । यदि तपाईं पूरै भोकाउनुभएको छ भने पनि ८०–९० प्रतिशत मात्रै अघाउने गरी खानुहोस् । यसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ र शरीरमा कुनै दबाब पर्दैन । तर धेरै पटक खाइयो भने यसले पाचन प्रणालीलाई असर गर्न सक्छ ।

    यदि पेटको आकार आवश्यकताभन्दा बढी बढ्यो भने बिस्तारै शरीरलाई यसको बानी पर्न थाल्छ र त्यसपछि धेरै खाने इच्छा हुन्छ, जसले मोटोपना र पेटसम्बन्धी रोगहरू निम्त्याउन सक्छ । त्यसैले सोचविचार गरेर खाना खानुपर्छ, बिस्तारै खाना खाने र पेट लगभग भरिन लागेको महसुस हुँदा रोकिनुपर्छ ।

    अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नुअघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।  

     

     

    साभार/स्वास्थ्य पेज

    Post Views: 354
    प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार ०८:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.