वैशाख २३ गते / मधुवन नगरपालिकाको शैक्षिक योजना ०८२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदा माथि छलफल गरिएको छ ।
मंगलवार भएको योजना सम्बन्धी मस्यौदाको प्रस्तुति, अध्ययन, पृष्ठपोषण, एवम् अन्तिम मस्यौदा निर्माण कार्यशालामा सो छलफल गरिएको हो । बर्दियाको मधुवन नगरपालिकाको कार्यालयमा भएको कार्यशालाको उद्देश्य स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्न ठोस नीति निर्माण गरी शिक्षा क्षेत्रलाई अघी बढाउनु रहेको छ ।
मधुवन नगरपालिकाका शिक्षा प्रमुख नारायण प्रसाद खनाल ले मधुवनको शिक्षा नीति मस्यौदा समावेशी शिक्षा र प्राविधिक शिक्षामा जोड दिदै मधुवन नगरपालिकाको प्रस्तावित शिक्षा नीतिमा समावेशी शिक्षा, प्राविधिक र व्यावसायिक तालिम, र डिजिटल शिक्षालाई प्राथमिकता दिएर अघी बढ्ने बताए ।
मस्यौदाले आधारभूत शिक्षाको गुणस्तर सुधार , शिक्षक तालिम, र विद्यालय पूर्वाधार विकासमा जोड दिएको दिइने खनालले बताए ।
शिक्षा नीति र योजना सम्बन्धी मस्यौदाको प्रस्तुति कर्णाली प्रदेशका शिक्षा समीती सदस्य जीत बहादुर शाहले गरेका थिए। शाहले शिक्षा योजना र नीतिको उद्देश्य नै नगरभित्रको शैक्षिक स्तर , सिकाई मा सुधार ल्याई गारीब सिमान्तकृत सनुदाय का वालवालीका लाई विद्यालय सम्म ल्याउने रहेको बताए।
पालिकाको शिक्षा नीति अन्तिम चरणमा रहेको र तयार पारेको मस्यौदा कार्यपालिकाको बैठकमा पेस गरिने र कार्यान्वयनका लागी बजेट र स्रोत व्यवस्थापनको योजना बनाई पालिका अघी बढ्ने समेत शिक्षा प्रमुख खनालले जानकारी दिए।

पालिकालाई शिक्षा नीति बनाउन विभिन्न संघ संस्थाले सहयोग गर्दै आएको र सहयोग गर्ने साझेदार संस्थाहरु प्लान इन्टसेसल नेपाल , बि ग्रुप र बाके यूनेस्को क्लब ले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएको समेत शिक्षा प्रमुख खनालले बताए ।
मधुवन नगरपालिकाको नयाँ शिक्षा नीतिले स्थानीय शिक्षालाई सुदृढ बनाउने सम्भावना बोकेको बाके यूनोस्को क्लब का उप निर्देशक गोविन्द प्रसाद लामीछानेले बताए।
नगरपालिकाको शिक्षा नीति मस्यौदाले शिक्षा क्षेत्रमा पालिकाले फडको मार्ने दावी समेत उपनिर्देशक लामिछानेले भने ।
कार्यशालामा शिक्षा नीति र योजना मा धेरै समय छलफल भएको थियो ।




