• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल-चीन सम्बन्ध र आपसी सम्मान एक अनुपम उदाहरण – डा. शेखर

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २३, मंगलवार १५:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल-चीन सम्बन्धले आपसी सम्मान, सहयोग र शान्तिपूर्ण सहअस्तित्वको अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

    नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा सोमबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सन् १९५५ देखिको पञ्चशीलका पाँच सिद्धान्तहरूमा आधारित नेपाल-चीन सम्बन्ध अनुपम रहेको बताएका हुन् ।

    कोइरालाले नेपालको दीर्घकालीन ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् । उनले नेपालले कहिल्यै पनि आफ्नो भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने वचन दिए । सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड-१९ महामारीमा चीनले पुर्‍याएको सहयोगप्रति उनले विशेष आभार प्रकट गरे ।

    कोइरालाले तत्कालीन प्रधानमन्त्री बीपीले जुलाई सन् १९६० मा चीनका प्रधानमन्त्री चाउ एन लाईलाई लेखेको पत्रको पनि स्मरण गरे । बीपीको उक्त पत्र उद्धृत गर्दै शेखरले भने, ‘नेपाल-चीन मित्रता एशियाली शान्तिको लागि अत्यन्त महत्वपूर्ण छ । यो सम्बन्धले अन्ततः विश्व शान्तिको लागि पनि भूमिका खेल्छ ।’

    बीपीको यो भावना पछि गिरिजाप्रसाद कोइरालाले पनि मजबुत बनाउँदै लगेको पनि शेखरले बताएका छन् । नेपाल र चीन सधैँ एकअर्काको साथमा रहँदै आएका उनले बताए । आवश्यकता र कठिन समयमा पनि दुवै देशबीच मित्रता रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध झल्काउने दुर्लभ तस्वीरहरूको प्रदर्शनी पनि गरिएको थियो।

     

     

     

    साभार/हर समय

    Post Views: 193
    प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १५:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.