अदालत जस्तै बन्दै छ जिन्दगी।
हरेक दिन नयाँ मुद्दा दर्ता हुँदैछन् ।।
कहिले पेटको फाइल आउँछ तातेर।
कहिले श्रीमतीको बहस चर्किन्छ मातेर।।
साँझ पर्न नपाउँदै मोबाइलको धून।
“कहाँ थियौ?” भनेर आउछ प्रश्नपत्र बनेर।।
कपडा नधोएको मुद्दामा “बहस”।
जतिसुकै बहाना गर, अन्तिममा भन्नै पर्यो हस्।।
बिहान उठ्न ढिलो – आलस्यको मुद्दा!
चिया फालेको अपराधमा झेल्नै पर्ने लापरबाहीको मुद्दा ।।
फ्रिजबाट आफूखुसी खाएको आँपको अचार पनि।
आमाले दर्ता गरिन्, फर्जीको झुठो मुद्दा।।
साथीहरूसँग घुम्न जाँदा पनि।
लाग्न सक्छ जीवन साथीबाट मुद्दा।।
“घर भन्दा साथी प्यारो?” भन्ने आरोप पत्र लाग्छ।
झेल्नै पर्छ गृहणीको मुद्दा ।।
बाहिर हाँस्दा पनि, दोष लाग्छ दिनरात।
“त्यो कुन थरि हाँसो हो?” भनेर गर्छन् सिकायत।।
हप्तामा एकचोटि चुकाउनै पर्ने किराना पसलको ऋण।
दोकानदार पनि बन्छ वकिल – बजाउछ असुलीको धुन।।
घडी हेर्दा हेर्दै, समयको पनि अविरल यात्रा।
“के मेरो कदर छैन?” भन्दै गर्जिन्छ देखाएर जात्रा।।
तर के गर्ने, जिन्दगीको अदालत त यही हो।
जहाँ हाँसो र आँसु दुबैको फैसलामा केही हो।।
कहिले दोषी, कहिले निर्दोष बनिन्छ यहाँ।
तर मजा यहीँ छ – मुद्दामै बाँचिन्छ जहाँ।।




