• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षकहरु सडकमा आन्दोलित हुनु मुलुकको शैक्षिक क्षेत्रको दुर्भाग्य हो – सामाजिक विकास मन्त्री तिमल्सिना

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख ७, आईतवार १५:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कपिलवस्तु,  बैशाख ७ गते / नेपाल शिक्षक महासंघ र सरकार विच पटक पटक भएका संझौताहरु कार्यान्वयन नहुदा मुलुक भरका शिक्षकहरु आन्दोलित हुनु पर्ने अवस्था आउनु समग्र शैक्षिक क्षेत्रका लागि दुखद विषय भएको लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताए ।

    शिक्षकहरुका जायज मागहरुलाई सम्वोधन गरेर शैक्षिक गतिरोध अन्त्य गर्न संघीय सरकार पुर्ण रुपले जवाफदेही हुनु पर्नेमा मन्त्री तिमिल्सिनाले जोड दिए । कपिलवस्तुको शिवपुरमा अायाेजित  एक कार्यक्रमलाइ सम्वाेधन गर्दै मन्त्री तिमिल्सिनाले भने, प्रधानमन्त्रीले शिक्षकहरुलाई फर्केर जिल्ला जानुस् हामी माग सम्वोधन गर्छौ भन्दा पनि शिक्षकहरुकाे निरन्तर काठमाण्डौं केन्द्रित आन्दोलित गर्नु पर्ने अवस्था किन आयो ? यस तर्फ संघीय सरकार पुर्ण संवेदनशील हुनु जरुरी छ ।

    विगतका सरकारले गरेका संझौताहरु वर्तमान सरकारले पुरा नगरेका कारण अब प्रधानमन्त्रीले आश्वासन दिंदा पनि शिक्षकहरु आन्दोलनबाट टसमस भएका छैनन् । मन्त्री तिमिल्सिनाले भने, सरकारले आन्दोलनरत शिक्षकहरुको मागलाई फास्ट ट्याकबाटै छिटो भन्दा छिटो सम्वोधन गर्नु पर्छ ।

    नयां शैक्षिक सत्र शुरु भई सकेको अहिलेको अवस्थामा शिक्षकहरु सडक आन्दोलनमा हुनु मुलुकको शैक्षिक विकासको लागि दुर्भाग्यपुर्ण अवस्था भएको मन्त्री तिमिल्सिनाले बताए । आफु सदैव शिक्षकहरुको जायज मागहरु प्रति पुर्ण सहमत भई आफ्ना पार्टीका संघीय मन्त्री तथा पदाधिकारीहरुलाई शिक्षकका माग सम्वोधनको पहल गर्र्न पटक पटक अनुरोध गर्दै आएको पनि बताए ।

    Post Views: 375
    प्रकाशित मिति: २०८२ बैशाख ७, आईतवार १५:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.