• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यू–१९ विश्वकप छनोटः खेल रद्द हुँदा नेपाल बाहिरियो

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख ६, शनिबार १५:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आईसीसी यू–१९ विश्वकप एसिया छनोट क्रिकेट प्रतियोगितामा नेपाल निराश भएको छ । वर्षाका कारण अफगानिस्तानसँगको खेल रद्द भएसँगै नेपाल बाहिरिएको हो ।मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा दिउँसो २ बजे निरीक्षणमा मैदानमा छिरेको टिमले अगाडि खेलाउन नसकिने जनाएसँगै खेल रद्द भएको हो ।बिहान पानी परेका कारण खेलमा टससमेत हुन सकेन । ओभर घटाएर खेल खेलाउन प्रयत्न भए पनि मैदान चिसो भएका कारण निरन्तर नेपाल क्रिकेट संघ क्यानको टिमले सुकाउने प्रयास निकै गरेको थियो ।

    तर खराब मौसमका कारण खेलमा टसमेत भएन । खेल जितेमात्र नेपाल विश्वकपमा छानिने थियो । हार वा खेल स्थगित भए अफगानिस्तान छानिनेमा अफगानिस्तान छानियो ।

    के थियो खेलको अवस्था 
    नेपाल लगातार तीन जितपछि चौथो जितको खोजीमा थियो । यो जित हासिल गरे नेपाल विश्वकपमा छानिने थियो । अर्थात् अफगानिस्तानले पनि यसअघिका तीन ओटै खेल जितेको थियो ।

    रन रेटमा नेपालभन्दा अफगानिस्तान अगाडि थियो । यो खेलको आजको विजेता नै विश्वकपमा छानिने थियो ।

    यसअघि अफगानिस्तानले नेपालसँग तीन ओटा अभ्यास खेल खेलेको थियो । जसमा अफगानिस्तान २–१ ले विजयी भएको थियो ।

    अफगानिस्तान बलियो टिम हो । तर घरेलु मैदानमा नेपालले पनि जादू देखाउन सक्छ ।

    नेपालले पहिलो खेलमा यूएईलाई डकवर्थ लेविस पद्धति (डीएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराएको थियो ।

    त्यस्तै तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको शानदार जित निकालेर अफगानिस्तानसँग भिड्न आइपुगेको थियो ।

    जित्ने टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा खेल्नेछ । अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

    Post Views: 329
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार १५:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.