• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चितुवा नियन्त्रण प्रयास जारी छ, स्थानीयलाई सजकता अपनाउन अनुरोध

  •  दीपकलाल श्रेष्ठ
  • २०८२ बैशाख ६, शनिबार ०७:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया डिभिजन वन कार्यालय बर्दियाले केहि दिन देखि आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा नआउन्जेल स्थानीयलाई सजकता उपनाउन अनुरोध गरेको छ ।
    २०८१ चैत्र २० गते गुलरिया नगरपालिका–४ इन्द्रेणी टोलमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा आउन नसक्दा जोखिक देखिएकोले ‘समस्याग्रस्त’ चितुवा नियन्त्रणमा नआउन्जेल स्थानीयलाई सजकता अपनाउनडिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी वरिष्ठ वन अधिकृत राम कुमार चौधरीले अनुरोध गरे ।
    चैत २० गते गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सिर्जन चौधरीलाई हजुरआमा सँग गुलरिया नगरपालिका बाड नं ४ इन्द्रेणी टोल स्थित खेतमा गएका बेला दिउँसै चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । भने सो घटना सेलाउन नपाउदै चैत २७ गते नै इन्द्रेणी टोल मै खेतमा गहुँ काटिरहेको अवस्थामा चितुवाले पछाडिबाट आक्रमण गरि ६५ वर्षीय विकुलाल थारु घाइते भए ।
    चितुवाको आक्रमणको घटना भए देखि नै डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणका लागि विभिन्न ४ स्थानमा ४ वटा खोर (केज) राखिएको समेत उनले भने । समस्या ग्रस्त चितुवाको अवस्था अध्ययनका लागि ५ वटा स्वचालित क्यामरा पनि जडान गरिएको छ वन अधिकृत चौधरीले बताए । दैनिक देखिने समस्याग्रस्त चितुवा भने अझैसम्म डिभिजन वन कार्यालय बर्दियाले राखेको केजमा पर्न सकेको छैन ।
    केहि दिन अघि चितुवा नियन्त्रणका लागि राखिएको केजको आस पास चितुवाका पाइलाहरु देखिने गरे पनि चितुवा केजमा पर्न सकेको छैन डिभिजन वन कार्यालयले जानकारी दिएको छ । चितुवा हिड्ने सम्भावित स्थान पहिचान गरि सेन्सर युक्त क्यामरा जडान समेत गरिएको छ ।
    यस क्षेत्रमा दैनिक जसो चितुवा देखा पर्न थालेपछि यस पालिका र यस गाँउका स्थानीय खेतीबारीमा काम गर्न जानसमेत डराउने गरेको गुलरिया नगरपालिका बाड नं ४ का बडा अध्यक्ष सुरेश कुमार गौतमले बताए । हाम्रै बडामा पछिल्लो दुई हप्ता भित्रमा २ वटा चितुवाको आक्रमण भइसकेकोले समस्याग्रस्त चितुवा छिटो भन्दा छिटो नियन्त्रणमा लिन एन.टि.एन.सी., डिभिजन वन कार्यालय बर्दिया, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी र बर्दिया प्रहरीलाई दैनिक जसो सम्पर्क गरिरहेको समेत बडा अध्यक्ष गौतमले भने
    हाल सम्म स्थानीय दुई जनालाई घाइते बनाइसकेको चितुवाले गाँउका घरपालुवा चौपाया देखि कुकुरलगायतकालाई निरन्तर आक्रमण गरिरहेको समेत बडा अध्यक्ष गौतमले जानकारी दिए ।

    Post Views: 416
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार ०७:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.