• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा

  •  
  • २०८२ बैशाख ३, बुधबार १४:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।अध्यक्षको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले‍ सामूहिक राजीनामा दिएका हुन्। बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेखेर सामूहिक राजीनामा बुझाएका हुन् । सभापति देउवा पार्टी कार्यालयमा नभएपछि उनीहरुले पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई सामूहिक राजीनामा पत्र बुझाए ।

    पत्रमा हालसम्म नेपाल महिला संघले विधान बमोजिम कुनै पनि काम अघि बढाउन नसकेको भन्दै उनीहरुले सामाजिक राजीनामा बुझाउन बाध्य भएको उल्लेख गरिएको छ ।

    पटक पटक व्यक्तिगत र सामूहिक रुपमा बैठक बसी आवश्यक निर्णय गरेर पारदर्शी तबरले संगठनका क्रियाकलापहरुलाई सञ्चालन गर्न आग्रह गरेको र दिइएको अवधिभित्रमै तोकिएको जिम्मेवारी सम्बोधन गर्न आग्रह गरिरहेको अवस्थामा कुनै पनि सुनुवाइ नभएपछि बाध्य भएर राजीनामा बुझाएको उनीहरुको भनाइ छ ।

    महिला संघको अधिवेशन गर्ने समय चैत मसान्तमा सकिइसकेको छ । तदर्थवादमा चलिरहेको उक्त समूहबाट राजीनामा दिने अधिकांश केन्द्रीय सदस्यहरू कांग्रेस महामन्त्री गगनकुमार थापा पक्षका हुन् ।

    उनीहरुले पहिलेदेखि नै संघलाई पारदर्शी बनाएर जिम्मेवारीपूर्वक अगाडि बढाउन माग गर्दै आएका थिए ।

    यसअघि गम्भीर कदम चाल्न पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाएका भए पनि उनीहरूको मागमा पार्टीले समेत कुनै चासो नराखेपछि बाध्य भएर राजीनामा दिएका हुन् ।

     

     

    साभार हाम्राकुरा

    Post Views: 330
    प्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार १४:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.