बर्दिया(बढैयाताल), बैशाख २ गते / स्वास्थ्य,अनुशासन,लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्वताू मूल नाराका साथ मयूर युवा क्लवले आयोजना गरेको छैठौं बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता आज बैशाख २ गते बाट सुरु भएको छ ।

बर्दिया जिल्लाका ८ वटा पालिकाको सहभागिता रहेको यस प्रतियोगिताको आज भएका खेला बाँसगढी नगरपालिकाले गेरुवा गाँउपालकिालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको छ ।

प्रतियोगिता नकआउटको आधारमा खेलाइएको आज भएको खेलको फुल टाइममा कुनै गोल नभए पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । आजको खेलमा म्यान अफ द म्याच बाँसगढी नगरपालिकाका मनोज विक भएका थिए ।
आज देखि संचालित प्रतियोगिताको उद्घाटन संघीय सांसद सञ्जय कुमार गौतम गरेका थिए ।
बढैयाताल गाँउपालिका बडा नं ८ मा मयुर युवा क्लब द्वारा आज देखि आयोजित बर्दिया जिल्लाका ८ पालिकाका सहभागी रहने छ । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद भुवनेश्वर चौधरी, बढैयाताल गाँउपालिका अध्यक्ष हिमालय त्रिपाठी,बढैयाताल गाउँपालिका उपप्रमुख लक्ष्मी कुमारी अधिकारी, बाड नं ८ र बाड नं ६ का बडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो




