बर्दिया(राजापुर), बैशाख २ गते बर्दियाको राजापुरमा राजापुर स्पोट्स क्लब द्वारा २०८१ चैत्र १५ गते देखि संचालित राजापुर प्रिमियर लिगको आज २०८२ बैशाख २ गते भएको फाइनल खेलमा दिव्या ११ ३डि राजापुरलाई बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरियाले ४ विकेटले पराजित गर्दै बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरिया उपाधी जितेको छ


टस जितेर पहिलो ब्याटिङ गरेको दिव्या ११ ३डि राजापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १ सय ६ रन मात्र बनाउन सक्यो । दिव्या ११ बाट ब्याटिङ गर्दै रविश बर्माले २४ रनको योगदान गरेका थिए भने हेमन्त आचार्यले १८ र समिर आचार्यले १६ रन बनाएको थिए । दिव्या ११ लाई कम रनमा खुमच्याउन बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरियाका नवयुग बस्नेतले कसिलो बलिङ गर्दै ४ ओभरमा २० रन दिएर ३ विकेद लिएको थिए भने हरिस बस्नेतले ४ ओभरमा २५ रन दिएर २ विकेट लिन सफल भएको थिए ।


१ सय ७ रनको लक्ष्य लियर आएको बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरियाको सुरुका ओभरमा विकेट धमाधम झर्दा बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरिया अप्ठ्यारो अवस्थामा पुगिसकेको थियो । तर अन्तिम सम्म टिक्दै सिदार्थ श्रेष्ठले आकर्षक २० बलमा १ छक्का र २ चौकाको मद्दतले नटआउट ३१ रनको पारि खेल्दै बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरियाले १७ ओभर २ बलमा १ सय ७ रन बनाउदै राजापुर प्रिमियर लिगमा आफ्नो पहिलो सहभागितामा उपाधी उचाल्न सफल भएको छ । सिदार्थ संगै बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरियाका तर्फबाट सादव अन्सारीले १९ रन बनाएका थिए ।

दिव्या ११ को तर्फबाट बलिङमा रविश बर्माले ३ ओभरमा १३ रन दिएर ३ विकेट लिएका थिए भने गौतम कनोजियाले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएका थिए । आजको फाइनलमा २० बलमा नटआउट ३१ रन बनाएका बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरियाका सिदार्थ श्रेष्ठ फाइनल अफ द म्याच घोषित भएका थिए भने म्यान अफ द सिरिज बिक्स च्यालेन्जरका सिद्घान्त राज शाहीले प्राप्त गरे ।
यसै गरि इमर्जिन खेलाडीमा राजापुर राइनोजका १३ बर्षिय आयुश न्यौपाने ले प्राप्त गरेका छन भने बेस्ट ब्याट्सम्यान प्रतियोगिता भरि २ सय ५७ रन बनाएका इलाइट इगलका संदिप नेपालीले पाए भने बेस्ट बलर १५ विकेट लिएको बिक्स च्यालेन्जरका रेगन रेग्मीले प्राप्त गरेका छन ।

विजयी संगै बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरियाले नगद २ लाख प्राप्त गरेका छ भने दोस्रो भएको दिव्या ११ ३डि राजापुरले ४१ हजार नगद प्राप्त गरेको छ ।
करिब ३ हप्ता सुम्म चलेको यस राजापुर प्रिमियर लिगमा ७ वटा टिमको सहभागीता रहेको थियो ।
विजयी टिमको प्रमुखले आफुलाई यो पहिलो सहभागिता मै विजयी ले खु्सी बनाएको साथै थप जिम्मेबारी समेत बनाएको विजयी टिम बर्दिया कृष्णसार स्पोर्ट्स क्लब गुलरियाका प्रमुख सर्दिप ढुङ्गानाले बताए । क्रिकेटमा आफ्नो लगाव भएको सदैव क्रिकेटको विकासका लागि कार्य हरु गर्ने समेत टिमका प्रमुख ढुङ्गानाले भने ।
समापन कार्यक्रममा लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना पुरस्कार तथा सम्मान वितरण गर्नु भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै तिमिल्सिनाले बर्दिया जिल्लालाइ क्रिकेटमा केन्द्र देखि अन्तरास्ट्रिय सम्म पहिचान दिलाउने गरि क्रिकेटको विकासको लागि सहयोग गर्ने समेत उनले भने ।




