• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

देउवाले शिक्षकबारे भने – माग सम्बोधनमा कांग्रेस गम्भीर छ

  •  माउण्टेन संवाददाता
  • २०८१ चैत्र २८, बिहीबार १८:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन्। कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन् ।देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको बताएका थिए। शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताएका छन्। ‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो। उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ। शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’ महरले भने।

    सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साह जनक भएको उनले बताए । यसअघि नै  महरले विज्ञप्ति जारी गर्दै सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका थिए ।

    विज्ञप्तिमा भनिएको थियो, ‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासंघसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्छु।’

    यस्तै नेपाल शिक्षक संघका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल निकै उत्साहजनक रहेको बताएका छन्। ‘उहाँले गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री विद्या भट्टराईलाई हाम्रोअघि कल गर्नु भयो। शिक्षकका माग सम्बोधनमा गम्भीर हुन र निर्णायक छलफल गर्न उहाँले ध्यानाकर्षण गराउनु भएको थियो,’ पन्तले भने।

    Post Views: 225
    प्रकाशित मिति: २०८१ चैत्र २८, बिहीबार १८:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.